आदिवासी जनजातिको शान्तिपूर्ण आन्दोलनमा नेपाली काँग्रेसका नेता एवं समाजसेवी जोगलाल लामाले १ सय १० कार्टुन पानी वितरण गरेको छ ।
समाजसेवी लामाले आदिवासी जनजाति तामाङ र मगरको संस्कारमाथि धावा बोल्ने अधिवक्ता भगवती पाण्डे ‘शीतल’ र सोही विरुद्ध साउन १७ गते गरेको आन्दोलनमा प्रहरीको हस्तक्षेपविरुद्ध सोमबार माइतीघरमा शान्तिपूर्ण आन्दोलनकारीहरूलाई पानी वितरण गरेर सहयोग गरेको हो ।
आन्दोलनमा सहभागी जनाउँदै लामाले प्रचारबाजीका लागि नभई आन्दोलनकारीहरूलाई सहज होस् भनेर पानी सहयोग गरेको बताए । उनले थपे‚ ‘स्वच्छ पानी बाँडेको हो, हाम्रो समुदायमाथि नश्लिय राज्यले विभिन्न अवतारमा दमन गर्ने गरेको छ । यो आन्दोलनबाट नश्लिय राज्यका बाघडोरमा रहेर आदिवासी जनजाति, मुस्लिम लगायत माथि गरेको विभेदलाई कम गराउन सहयोग गर्नेछ ।’
समाजसेवी लामा स्थानीय निर्वाचनमा सिन्धुपाल्चोक लिसंखुपाखरको अध्यक्षको प्रत्याशी हुन् । लामालाई नेपाली काँग्रेसले टिकट दिएका थिए ।
उक्त आन्दोलनमा अधिवक्ता पाण्डेमाथि कारबाही र प्रहरीको दमनप्रति आन्दोलनकारीहरूले कारबाहीको माग गर्दै आन्दोलन गरेका हुन् ।
र्यालीमा मगर समुदायका अगुवाहरू र तामाङ समुदायका विभिन्न संघसंस्थाहरुबाट न्यायको माग गर्दै आन्दोलनमा सहभागी भएका थिए । आन्दोलनकारीहरूले प्लेकार्डमा ‘सांस्कृतिक अधिकारको सम्मान गर‚ यातनाकारी एसएसपी दानबहादुर कार्कीसहित यातनाकारी प्रहरीलाई कारबाही गर‚ विभेदकारी कानुन खारेज गर‚ जातीय हिंसा बन्द गर’ लगायतका प्लेकार्ड बोकेर र्याली माइतीघरबाट नयाँ बानेश्वरमा पुगेर कोणसभा गरेका थिए ।