चोरी मुद्दाका फरार ७ वर्षपछि पक्राउ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
210 Shares
काठमाडौं

चोरी मुद्दाका फरार रहेका सल्यान कुमाख गाउँपालिका-४ वस्नेतज्यूला घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बौद्ध नयाँबस्ती बस्ने २९ वर्षीय जीवन बुढाथोकीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०७३ माघ ७ गतेको फैसलाले रहजनी चोरी मुद्दामा २ महिना कैद र २ लाख १४ हजार २६ रूपैयाँ जरिवाना ठहर गरिएको थियो । २५ दिन कैद भुक्तान गरेर जरिवाना र बाँकी कैद १ महिना ५ दिन भुक्तान गर्ने बाँकी रही फरार रहेका उनलाई कठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत काठमाडौं बबरमहलमा उपस्थित गराइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका