बागमती गाउँपालिका वडा नम्बर ४ प्युटारमा वृक्षारोपण

प्रकाश थिङ संवाददाता
336 Shares
ललितपुर

बागमती गाउँपालिका वडा नम्बर ४ प्युटारको वडा कार्यालयको आयोजनमा वृक्षारोपण गरिएको छ ।

बिहीबार वडा कार्यालयदेखि मेनरोड प्युटार बजारलाई सुन्दर बजार बनाउनका लागि वृक्षारोपण गरिएका हुन् ।

प्युटार बजार क्षेत्रलाई सुन्दरता र सरसफाइ रहने गरी १५० भन्दा बढी बिरुवा रोपेको वडा अध्यक्ष रामकुमार थिङले बताए ।

अध्यक्ष अनुसार वडा कार्यालयले आगामी अर्को असार आउन साथ खानि खोलादेखि प्युटार र आश्राङको सिमानासम्म वृक्षारोपण गर्ने वचनबद्धता दिए ।

वृक्षारोपणमा वडा बासी आमा बुबा दिदीबहिनी दाजुभाइको सहभागी थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका