२४ औँ फोनिज स्थापना दिवस : १२ बुँदे घोषणा गर्दै सम्पन्न

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
21 Shares
चौतारा,सिन्धुपाल्चोक ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशले २४ औँ फोनिज स्थापना दिवस १२ बुँदे चौतारा घोषणापत्र जारी गर्दै सम्पन्न गरेको छ । शुक्रवार सिन्धुपाल्चोक जिल्लाको चौतारामा सम्पन्न (फोनिज) बागमती प्रदेश (नेवा–ताम्सालिङ) समितिको आयोजना र फोनिज सिन्धुपाल्चोकको व्यवस्थापनमा २९ औँ विश्व आदिवासी दिवस तथा फोनिजको २४ औँ स्थापना दिवसको अवसरमा नेपालको आदिवासी जनजाति आन्दोलन र फोनिजको भूमिका विषय अन्तरक्रिया कार्यक्रम गरी भव्यताका साथ मनाइएको हो ।

सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले नेपालमा भएका सामाजिक, राजनीतिक परिवर्तनको उतारचढावमा आदिवासी जनजातिहरूले अतुलनीय योगदान रहेको औँल्याएका छन् । उनले जनजातिहरूले सदियौँ वर्षदेखि आफ्नो अस्तित्व रक्षा, आफ्नो भाषा संस्कृति, परम्परा जोगाउनको निम्ति सङ्गठित रूपमा होस् वा असंठानिक रूपमा आदिवासी जनजातिहरूको त्याग तपस्या, बलिदानले नै समानुपातिक, समावेशी तथा धर्मनिरपेक्ष सङ्घीय लोकतान्त्रिक गणतन्त्र राज्य संरचना स्थापित भएको जनाएका छन् ।

कार्यक्रममा उनले भने “आयातित भाषा धर्म, संस्कृतिको प्रभावका कारण ओझेलमा पर्दै गएको जनजातिहरूको आफ्नो पहिचानसहितको राज्य संरचनाको निम्ति एक जुट भई आफ्नो भाषा, धर्म संस्कृति, परम्परा र अस्तित्वको सङ्घर्षमा निरन्तर लागिरहनु पर्ने देखेको छु ।”

कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले स्थापना दिवसको अवसरमा शुभकामना दिँदै तथा मन्तव्य राखेका थिए ।

यसै गरी फोनिज स्थापना दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लामा रही लामो समयसम्म पत्रकारिता पेसा गरिरहेका अग्रज जनजाति पत्रकार ङेम्लिङ लामा सम्मानित भएका छन् । लामाले सम्मान पत्रका साथै नगद ५ हजार सम्मान स्वरूप प्राप्त गरेका छन् । भने कार्यक्रममा विभिन्न जिल्लामा उपस्थित अतिथिहरूलाई सिन्धुपाल्चोक जिल्ला अध्यक्ष लालकाजी तामाङले मायाको चिनो प्रदान गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका