नेवा: खल: कास्कीको अध्यक्षमा पुनः पालिखे

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
28 Shares
पोखरा

नेवा: खल: कास्कीको अध्यक्षमा पुन अशोक पालिखे सर्वसम्मत चयन भएका छन् । संस्थाको आज पोखरामा आयोजना गरिएको अधिवेशनबाट पालिखे सहित पदाधिकारी, सल्लाहकार तथा आमन्त्रित सदस्यहरू मनोनीत गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ, उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ, महासचिवमा श्रीकृष्ण कतिला, उपमहासचिवमा भैरवलाल श्रेष्ठ र कोषाध्यक्षमा चन्द्र बहादुर राज भण्डारी चयन भएका छन् ।

बन्द सत्रले नवनिर्वाचित अध्यक्षलाई सदस्य तथा आमन्त्रित सदस्यहरू चयनको जिम्मेवारी दिएपछि उनीहरूको पनि कलस्टर अनुसार चयन गरिएको हो । सदस्यहरूमा सङ्गीता बज्राचार्य, विनीत जोजिजु, कृष्ण बहादुर श्रेष्ठ, सुशील गोशली र गोपाल बाटाजु चयन भएका छन् ।यस्तै संस्थागत तर्फबाट सन्तोष श्रेष्ठ, हर्कमान शाही र श्रवणलाल जोशी चयन भएका छन् ।

परिषद्तर्फबाट सदस्यमा शान्त कुमार श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ चयन भएका छन् । यस्तै अध्यक्षबाट मनोनीत भएका सदस्यहरूमा रजनी श्रेष्ठ, विक्रम उदास, शान्त कुमार श्रेष्ठ, रिशव तिमिला र लील बहादुर श्रेष्ठ रहेका छन् । कमिटीको कार्यकाल ३ वर्षको रहने छ । सो कार्यकालका लागि कमिटीमा रहेर काम गर्न इच्छुक रहेका विभिन्न क्षेत्रबाट आमन्त्रित सदस्यहरू पनि चयन गरिएको अध्यक्ष पालिखेले बताए ।
आमन्त्रित सदस्यहरूमा विश्व बिजुक्छे, हरिप्रसाद श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, नन्दलाल श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, विमल श्रेष्ठ, रोहित बाटाजु, ईश्वर कर्माचार्य, नारायण श्रेष्ठ, थमनारायण श्रेष्ठ, शुद्धव श्रेष्ठ, जयराम श्रेष्ठ, उदय बहादुर अमात्य, अर्जुन ताम्राकार, नर बहादुर श्रेष्ठ, अञ्जु बाटाजु, रत्नदेवी श्रेष्ठ लगायता रहेका छन् ।

साधारण सभा तथा अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै उच्च अदालत पोखराका कामु न्यायाधीश रमेशराज भण्डारीले आफ्नो कला, संस्कृति र भाषाको लागि निरन्तर लागिरहनु पर्ने बताए । उनले आफ्नो भाषा, संस्कृति, रीतिरिवाज, चालचलन नै हराए पहिचान नै हराउने भएकोले यसको रक्षाका लागि समुदाय सचेत रहनु पर्ने र यो राष्ट्रिय सम्पत्ति भएकोले यसलाई जोगाउनु सबैको कर्तव्य भएको समेत उल्लेख गरे ।

कार्यक्रममा महासचिव सुरेन्द्र श्रेष्ठ तथा कोषाध्यक्ष चन्द्र बहादुर राज भण्डारीले प्रस्तुत गरेको प्रतिवेदन पारित गरिएको थियो । निर्वाचित पालिखेले पञ्चाङ्ग निर्णायक समितिमा सबै व्राहमण हुँदा नेवार समुदायको चार्डपर्वहरु तलमाथि परेको बताए । त्यसको सुधारको लागी पहल गर्ने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया