महिला घेदुङ कतारको अध्यक्षमा सुमी

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
1.5k Shares
कतार

नेपाल तामाङ महिला घेदुङका प्रवास शाखा कतारका अध्यक्षमा सुमी तामाङ घिसिङ (सीता) चयन भएकी छिन् । घिसिङलाई महिला घेदुङको तेस्रो अधिवेशनबाट अध्यक्षमा चयन गरेकी हुन् ।

कतारको दोहास्थित सम्पन्न अधिवेशनले अध्यक्ष घिसिङसँगै उपाध्यक्ष सुन्तु तामाङ, सचीव कुसुम लोप्चन तामाङ, सहसचिव शिखा तामाङ, कोषाध्यक्ष राधिका घले(लो) र सह कोषाध्यक्ष मिरा तामाङ चयन भएका छन् ।

शुक्रबार सम्पन्न अधिवेशनबाट सदस्यहरु क्रमशः सल्मा बम्जन तामाङ, शिखा तामाङ, सरला तामाङ (प्रतिमा), कविता थिङ, संगीता बम्जन र लक्ष्मीमाया लो तामाङलाई चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष घिसिङका अनुसार एकजना सदस्यपछि मनोनीत गर्नेगरी नयाँ कार्यसमिति चयन गरेको बताइन् । अध्यक्ष घिसिङले आफूलाई जिम्मेवारी दिन सहयोग गरेका सबैलाई धन्यवाद दिए । उनले आफ्ना कार्यकालमा कतारमा कार्यरत तामाङ महिलाहरुको मुद्दा लगायत नेपालीहरुको हकहितमा लागिरहने प्रतिबद्धता जाहेर गरिन् ।

लगभग ७ बर्षअघि रोजगारीका लागि कतार पुगेकी महिला घेदुङकी अध्यक्ष घिसिङ दोलखा शैलुङ-२, जम्सिङकी हुन् । उनी यसअघि तामाङ समाज कतारको केन्द्रिय सदस्य समेत थिए ।

तपाईको प्रतिक्रिया