एक दर्जन आदिवासी जनजाति अग्रजहरूको जीवनीमूलक पुस्तक सार्वजनिक

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
238 Shares
काठमाडौं

नेपालको आदिवासी जनजाति आन्दोलनमा विशिष्ट योगदान दिनु हुने एक दर्जन  प्रेरक व्यक्तित्वहरूको जीवनी समेटेर तयार पारिएको ‘नेपालका प्रेरणीय आदिवासी व्यक्तित्व र सङ्घर्षका आयामहरू’ नामक कृतिको सार्वजनिक भएको छ ।

सञ्चारकर्मी कुमार यात्रुले लेख्नु भएको सो पुस्तक राजधानीमा आयोजित एक कार्यक्रमका बिच आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापामगरनेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर लगायतले सामूहिक रूपमा विमोचन गरिएको हो ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघले प्रकाशित गरेको सो पुस्तकमा तीन जना दिंवंगत अग्रज सहित १२ जनाले आदिवासी जनजातिको क्षेत्रमा दिएको योगदान र संघर्षका कथाहरू समेटिएका छन् ।

पुस्तकमा बमकुमारी बुढामगर, भद्रकुमारी घले, प्रतिमा गुरुङ, पूर्व राजदूत डा. गणेश योञ्जन, प्रतिनिधिसभाका सांसद लालवीर चौधरी, अन्तरिम संविधानका मस्यौदाकार शान्ति कुमारी राई, डा. केशवमान शाक्य, तृप्ता लुङ्गेली मगर, नन्द कन्दङ्वा समेतले आदिवासीको क्षेत्रमा विगतमा दिएको योगदानको अभिलेखीकरण गरिएको छ ।

दिवङ्गत व्यक्तित्व डा. हर्क गुरुङ, डा. ओम गुरुङ, डा. चैतन्य सुब्बाको पनि जीवनीलाई पुस्तकमा अनुसन्धानमूलक ढङ्गले खोज गरेर प्रस्तुत गरिएको छ ।

पुस्तक विमोचन समारोहमा पुस्तकमा समेटिएका नौ जनालाई र बाँकी तीन जनालाई मरणोपरान्त सम्मान गरिएको थियो ।

कार्यक्रममा पुस्तकका लेखक कुमार यात्रुलाई पनि सम्मान गरिएको थियो ।

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ (निडवान) का अध्यक्ष प्रतिमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष जमुना तामाङले स्वागत मन्तव्य राखिएको थियो भने पुस्तकका लेखक कुमार यात्रुले पुस्तकको परिचय प्रस्तुत गरिएको थियो ।

पुस्तक माथि डा अमिता शाक्यडा. श्रीकुमार महर्जन, डा. सोम धिमाल, डा. लाल बहादुर पुन मगर र चिनीमाया माझीले टिप्पणी गर्दै पूस्ता हस्तान्तरणका लागि यस प्रकारको कार्य महत्त्वपूर्ण हुने बिचार राखिएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तिहरुका तर्फबाट बम कुमारी बुढामगरले आफ्नो जीवनका सङ्घर्षहरू अभिलेखीकरण भएकोमा खुसी व्यक्त गरिएको थियो ।

कार्यक्रममा आदिवासी आयोगका अध्यक्ष रामबहादुर थापामगर, आदिवासी जनजाति उत्थान राष्ट्रिय  प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घका अध्यक्ष ङिमी शेर्पा लगायतले शुभकामना मन्तव्य राख्नु हुँदै पुस्तक प्रकाशन गरेर अभिलेखीकरण गरेकोमा निडवानको कार्यको प्रशंसा गरिएको थियो ।

पुस्तकमा डा. केशवमान शाक्यले विगतमा गर्नू भएको योगदानको चर्चा गर्दै  नेवारलाई आदिवासी जनजातिमा सूचिकृत गराउनु र नेपालको धर्म निरपेक्षताको आन्दोलन उठाउनु भएको चर्चा गरिएको छ ।

त्यसरी नै जापानका लागि पूर्व नेपाली राजदूत डा. गणेश योञ्जनका विषयमा पुस्तकमा राजदूत भएर र नभएर आदिवासीको क्षेत्रमा पुर्‍याएको योगदानको अभिलेख उतारिएको छ । बौद्धको ६० घरे तामाङको अवस्था तथा त्यहाँ प्रचलित मामला जात्रा, बौद्ध स्तुपा लगायतको रोचक प्रसङ्ग पुस्तकमा उल्लेख छ ।

लेखक कुमार यात्रुका अनुसार उनले राजदूत भएर नेपालका आदिवासी जनजातिहरूको पहिचान र परिचय कुटनीतक क्षेत्रमा विश्वव्यापी प्रसार गरिएको थियो । जापानमा नेपाली खानपानको उनले स्थापित गरायो, अहिले जापानको रेस्टुरेन्टमा यहाँको नेवारी छोइला, कचिला, हाम्रो सेल रोटी मेनुमा राख्न थापिएको पाउन सकिन्छ । डा. योञ्जनकै योगदान हो” लेखक यात्रुले भने ।

बम कुमारी बुढामगर आफैमा एक अभियन्ता र आन्दोलनमा सक्रिय जीवन बाँची रहनु भएको व्यक्तित्व हुनु हुन्छ । उहाँले राजनीति मार्फत मात्र नभएर आफ्नो व्यक्तिगत पहलमा परम्परागत सीप प्रबद्र्धनमा महत्त्वपूर्ण योगदान गर्नू भएको पुस्तकमा विस्तारमा वर्णन गरिएको छ । उनले भाङ्ग्रा बुन्ने तान, रेशा निकाल्ने, धागो निकाल्ने काम गर्नू भएको छ । लेखक यात्रुका अनुसार उहाँ नेपालको महात्मा गान्धी नै हुनु हुन्छ । चर्खा आन्दोलन महात्मा गान्धीले  गरे झै गरिरहनु भएको छ । यो अरूले नदेखेको पाटो हो ।

बम कुमारी मगर १८ मगरातको पहिचान स्थापित गर्ने काम पनि गरिएको छ । उनी मगरहरुको भेजा प्रथाजनित संस्था होइन, उनी भन्छिन्,पन्चकचहरी प्रथा चाही प्रथाजनित संस्था मान्नु हुन्छ । यसबारेमा पनि बहसको पनि पुस्तकले सन्दर्भ सुरु गरेको छ ।

अपाङ्गता हुनु भएकी तृप्ता लुङ्गेली मगर एक प्रेरक व्यक्तित्वको विशेष चर्चा पुस्तकमा गरिएको छ । पोलियोका कारण बालकैमा अपाङ्गता हुनु भएकी तृप्ताको यस्तै कथा एआइपीपीको‘हर स्टोरी’मा पनि छापिएको छ ।

अपाङ्गता भएर पनि आफ्नो व्यक्तित्व विकास, शैक्षिक उपाधि हासिल गर्न र अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि गर्नू भएको सङ्घर्षका कथा पुस्तकमा एक प्रेरक प्रसङ्गका रूपमा आएको छ ।

किरात याक्थुङ चुम्लुङको संस्थापक अध्यक्षनन्द कन्दङ्वा लिम्बु समाजको मात्र नभएर समग्र आदिवासी श्रमिकका बारै धेरै बौद्धिक कर्म गर्नू हुने व्यक्तित्व हुनु हुन्छ । उहाँले आदिवासी समाजमा एक बौद्धिक समन्वयकारी र सृजनशील काम गर्नू भएको पुस्तकमा उल्लेख छ ।

भद्र कुमारी घलेख्याती प्राप्त समाजसेवी हुनु हुन्छ । उहाँ एक कला साधक, कवि, हुन् । उनका २९२ वटा कृति प्रकाशित छन् । उनले तमुको वेद पनि लेखिएको छ । उनी तत्कालीन जनजाति पाटीका संस्थापक पनि हुन् । उनका बारे पुस्तकले केही न्याय गर्ने प्रयास गरेको छ ।

बर्दिया जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद लालवीर चौधरी रेसम चौधरीको बुवा हुन् । तर उनको परिचय त्यतिले मात्र पुरा हुँदैन । उनको आफ्नै विशेषता र योगदान छ । खास गरेर आदिवासी थारुहरूको प्रथाजनित परम्परा कुलापानी अभ्यास, बरघर परम्परा उनको विशिष्टता हो । विश्वव्यापी जलवायु परिवर्तनको प्रभाव बढी रहेको सन्दर्भमा थारुहरूले परम्परागत रूपमा पानीको व्यवस्थापन, बन जङ्गलको व्यवस्थापन कसरी गरिरहेका छन् भन्ने सन्दर्भहरू उनीबाट सिक्न सकिने टिप्पणीकारहरूको मत छ ।

शान्ति कुमारी राई अन्तरिम संविधानको मस्यौदाकार मध्ये एक हुनु हुन्छ । अन्तरिम संविधान नेपालको सबै सातै वटा संविधान मध्ये उत्कृष्ट संविधान लेखनमा उहाँको विशेष योगदान थियो भन्ने सन्दर्भलाई पुस्तकले मार्गदर्शन दिएको छ । पुस्तकमा आदिवासी जनजातिको पहिचान, परिचय समानुपातिक समावेशी कुरा कसरी आयो भन्ने सूचनाहरू छन् ।

उनी एक गायक पनि हुन् । चाम्लिङ भाषाको अभियन्ता पाठ्य पुस्तकको लेखकका रूपमा उहाँका ओझेलमा परेका व्यक्तित्वलाई पुस्तकले सार्वजनिक गरेको छ ।

पुस्तकमा प्रतिमा गुरुङको पनि चिनारी लेखिएको छ । उनी अन्तर्राष्ट्रिय जगतमा परिचित र निडवानको संस्थापक अध्यक्ष हुन् । उनले निडवानको सञ्चालन र सीमान्तीकरणको चपेटामा परेका आदिवासी र त्यसमा पनि अपाङ्गता भएका आदिवासी महिलाहरूको सवाललाई राष्ट्रियकरण र अन्तर्राष्ट्रियकरणमा उहाँको विशेष योगदान दिइरहेएको छ ।

पुस्तकमा लेखकले आदिवासी आन्दोलनका शीर्ष व्यक्तित्वहरू डा हर्क गुरुङ, डा.ओम गुरुङ र डा चैतन्य सुब्बाको योगदानको विशेष खोज गरिएको छ । उनीहरू दिवङ्गत भइसकेको अवस्थामा उनीहरूको परिवार तथा अन्य सम्पर्कमा रहेका व्यक्तिहरुकाबारे खोज गरेर प्रकाशमा नआएका पाटोलाई पुस्तकले उजागर गरेको छ ।

पुस्तक नेपालको आदिवासी आन्दोलनको अभिलेखीकरणको एक कोशेढुङगा नै हो । यो पुस्तकले लेख्य परम्परा नभएको आदिवासी जनजातिको गौरवपूर्ण इतिहास र गौरव गाथालाई उजागर गरेको छ । यस प्रक्रियामा निडवानले बाजी मारेको छ । साथमा अग्रज व्यक्तित्वलाई एकै थलोमा सम्मान गरेर र आदिवासीमा सरोकार राख्ने निकायमा प्रमुखहरूलाई साक्षीका रूपमा राख्नु निडवानको उपलब्धिका रूपमा लिन सकिन्छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका