चतुराले समृद्धि उन्मुखमा वडाध्यक्ष तामाङ

सुरेश तामाङ संवाददाता
231 Shares
नुवाकोट

स्थानीय निर्वाचनमा बोकेको नारा ‘युवाको जोसिलो जाँगर, समृद्ध चतुरालेको आधार’ कार्यान्वयन गराउन ककनी गाउँपालिका–७ चतुराले नुवाकोटका वडाध्यक्ष रामकृष्ण तामाङ लागिपरिरहेका छन् ।

वडाध्यक्ष तामाङ सामाजिक सुरक्षा कोष कार्यान्वयन घरदैलोदेखि विकास पूर्वाधार दीर्घकालीन बनाउने मेसोमा लागेका हुन् । गाउँलेको साझा सरोकार आभास गराउन भौतिक पूर्वाधार, कृषि सिँचाइ, स्वास्थ्य, शिक्षा आदिमा पालिकादेखि प्रदेश मन्त्रालयसम्म बजेट पहल भएका छन् । जसअनुसार बागमती प्रदेशबाट खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय बाट ५० लाख, सडक तथा पुल निर्माण ५ करोड १५ लाख, भौतिक पूर्वाधार विकास मन्त्रालय बाट ६५ लाख, सामाजिक विकास मन्त्रालय बाट १५ लाख, गाउँपालिकाबाट विभिन्न शीर्षकमा १ करोड ८८ लाख समेत जम्मा ८ करोड ३३ लाख बजेट प्राप्त भएको छ ।

बर्षात् र पासाङल्हामु राजमार्गको समस्याले ज्येष्ठ नागरिकहरूलाई सहजीकरण सामाजिक सुरक्षा भत्ता कार्डको नवीकरण घरदैलो गरिएको वडाध्यक्ष तामाङले बताए । उनले थपे– ‘ज्येष्ठ नागरिक समाज र वडा विकासमा दिलो ज्यान दिएर लागिपरेका व्यक्तित्वहरू हुने भएकोले घरदैलो गरेको हो ।’

यसै गरी ७७ वर्षीय बालमान डङ्गोल उत्साहित हुँदै घरदैलो अभियानले हामी ज्येष्ठ नागरिकलाई सम्मान गरेकोमा वडाध्यक्षलाई धन्यवाद दिँदै वडाको समृद्धि छिटो हुनुपर्ने समेत सुझाए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका