शैलुङ कांग्रेसद्वारा आन्तरिक अभियान सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
469 Shares
चाबहिल, काठमाडौं

नेपाली कांग्रेसका दोलखा शैलुङ कार्यसमितिले ` आन्तरिक विशेष अभियान ´ सम्पन्न गरेको छ । कार्यसमितिले सोमबार काठमाडौंको चाबहिलस्थित हाइग्रेन क्याफेमा अभियान सम्पन्न गरेको हो ।

पार्टी सुदृढीकरणका लागि केन्द्रिय समितिले परिपत्र जारी गरेपछि शैलुङ कांग्रेसले पनि अभियान संचालन गरेका हुन् । कार्यसमितिका अनुसार जनागुनासोलाई सम्बोधन गर्नेगरी वडास्तरको कार्यदल समेत गठन गरेका छन् ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि एवं` आन्तरिक विशेष अभियान´ शैलुङका संयोजक केशव चौलागाईंले मन्तव्य राख्दै कांग्रेस आन्तरिक कलहबाट मुक्त हुनुपर्ने बताए । कांग्रेसले गत संघीय निर्वाचनमा गुट-उपगुटका कारण सोचेजस्तो स्थान हासिल नगरेको संयोजक चौलागाईंको भनाई थियो ।

त्यसैगरी महाधिवेशन प्रतिनिधि एवं अभियानका सह संयोजक छिरिङ डोल्मा शेर्पाले मन्तव्य राख्दै पार्टीमा सुदृढीकरण जरुरी भएको बताइन् । निर्वाचनको बेला पार्टीको निर्देशनलाई छिचोलेर पैसामा भोट बेच्नेहरुदेखी होशियार रहनुपर्ने सह संयोजक शेर्पाको भनाइ थियो ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि कुमार अधिकारी (रेखा), फुर्बा मोक्तान, उर्मिला कार्की, नेपाली कांग्रेस बागमतीका सदस्य दावा दोर्जे लामा, प्रदेश प्रतिनिधि विजय लामा, नेविसंघका नेता सुशान्त लामा, विफु लामा, तरुण नेता केसर लामा लगायतले मन्तव्य राखेको थिए ।

नेपाली कांग्रेस शैलुडका सभापति कृष्णध्वज योन्जनको अध्यक्षता भएको कार्यक्रमलाई सचिव भोजराज कार्कीले संचालन गरेका हुन् । सभापति योन्जनले कार्यक्रम समापन गर्दै कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए । सभापति योन्जनले गुट-उपगुटलाई सकाउन आगामी महाधिवेशनबाट पार्टीले मस्यौदा तयार पार्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका