मुकारुङको उपन्यास ‘दमिनी भीर’ माथि नाटक बन्दै

सैलुङअनलाइन
सैलुङअनलाइन
161 Shares

आख्यानकार राजन मुकारुङको मदन पुरस्कार कृत उपन्यास ‘दमिनी भीर’ माथि नाटक बन्ने भएको छ । उपन्यासले २०६९ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो ।

रंगकर्मी इँगिहोपो कोइँच सुनुवारको परिकल्पना तथा निर्देशन रहेको नाटकको हाल रिहर्सल भैरहेको छ । रैैथाने कला, साहित्य तथा संस्कृतिको संवर्द्धन गर्ने मुुुख्य अभिप्राय बोकेको उपन्यासमाथि बन्ने नाटक थापागाउँस्थित मण्डला थिएटरमा भदौ २२ देेेखि असोज १० गतेसम्म मञ्चन हुनेछ ।

थैली इन्टरटेन्मेन्ट र ममा आर्ट्सको सहकार्यमा प्रस्तुत हुने नाटकमा समता फाउन्डेसनसँगै नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले हातेमालो गरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका