स्पेन महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । न्यूजल्याण्डमा भएको उक्त खेलमा स्वीडेनलाई २-१ पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
खेलको ८१ औं मिनेटमा स्पेनकी साल्मा चेलेस्टी एइङ्गोनोले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । भने खेलेको ८८ औं मिनेटमा लिना हार्टिगको हेडर असिस्टमा रेबिक्का ब्लोम्क्लोभिटले गोल गर्दै स्वीडेनले खेल बराबरी ल्याए ।
त्यस्तै स्पेनकी ओलगा कार्मोनाले ८९ औं मिनेटमा गोल गर्दै टीमलाई पुनः अग्रता दिएला । उनले कर्नरबाट आएको बललाई पोष्टको दिशा दिएकी थिइन् ।
त्यसपछि थप गोल हुन नसकेपछि स्पेन पहिलो पटक विश्वकप फाइनल पुगेको हो । अब स्पेनले इङ्ल्यान्ड वा अष्ट्रेलिया वा मध्ये एकसँग फाइनल खेल्ने छ । यस विश्वकपलाई अष्ट्रेलिया र न्यूजल्याण्डले संयुक्त रूपमा आयोजना गरिरहेको छ । दोस्रो सेमिफाइनल खेले अष्ट्रेलियाको सिड्नीमा हुने छ ।