लाङटाङ जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण सकियो, ८० प्रतिशत प्रगति

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
182 Shares
रसुवा

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुवेसि स्थित लाङटाङ खोलामा रहेको उक्त आयोजनाको मुख्य सुरुङ निर्माण सकिएको छ । अहिलेसम्म को भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको बताइएको छ ।

आयोजनाको सबै प्याकेजको निर्माण वाइबा इन्फ्राटेकले गर्दै २ अर्व ७३ करोडको लगानीमामा बन्न लागेको हो। आयोजनालाई सनराइज बैङ्कले एक अर्व ५० करोड, सिद्धार्थ बैङ्कले ५४ करोड, कुमारी बैङ्कले ३० करोड र बाँकी आरएम समूहले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको बताइएको छ ।

गोसाईंकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसीस्थित लाङटाङ खोलामा रहेको विद्युत् गृहसम्म सुरुङ निर्माण गरिएको निर्माण कम्पनी आरएम समूहका सचिव जनार्दन अर्यालले जानकारी दिए। आयोजना निर्माण दुई वर्षअघि कोभिड महामारीका बेला सुरु भएको थियो।

आयोजनाको सबै प्याकेजको निर्माण वाइबा इन्फ्राटेकले गरिरहेको छ। लक्ष्मी सनराइज बैङ्कको नेतृत्वमा कुमारी र सिद्धार्थ बैङ्क तथा आरएम समूहको लगानीमा आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ।

तपाईको प्रतिक्रिया