भगवती पाण्डेको मुद्दा बन्यो अन्तर्राष्ट्रियकरण‚ तामाङ सोसाइटी न्यु साउथ वेल्सले अस्ट्रेलियामा पनि बुझाइयो ज्ञापन पत्र

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
2k Shares
अष्ट्रेलियाञ

अधिवक्ता भगवती पाण्डे गलत अभिव्यक्तिप्रति ध्यानाकर्षण गर्दै तामाङ सोसाइटी न्यु साउथ वेल्सले अस्ट्रेलियामा नेपालका लागि महावाणिज्यदूत दीपक खड्कामार्फत घटनाको विरोधमा नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइएको छ।

तामाङ र मगर समुदायको विवाहबारे कुनै गहन अध्ययन बिना र भ्रम फैलाउने गलत अभिव्यक्ति दिइएको र प्रसारण गरिएकोमा गम्भीर ध्यान भएको बताइएको छ ।

तामाङ सोसाइटी न्यु साउथ वेल्सले अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासङ्घ (निम्फा )अस्ट्रेलिया मार्फत विभिन्न संस्थासँग मिलेर सिड्नीमा रहेका महावाणिज्यदूत खडका मार्फत घटनाको विरोधमा नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइएको छ।

ज्ञापन पत्रमा विषय-समुदाय सम्बन्धी पूर्ण जानकारी नराखी यसरी समुदायबारे नै गलत सन्देश जाने र समुदायको भावनालाई मर्माहत तुल्याउने खालको अभिव्यक्ति दिएकोमा कारबाही गर्नुपर्ने र घटनापछि आवाज उठाउँदा गरिएको प्रहरी दमन र धरपकडको विरोध गर्दै दोषी उपर कारबाही गर्ने ध्यानाकर्षण गरिएको सोसाइटीका नवनिर्वाचित अध्यक्ष विशाल तामाङले बताए ।

सिड्नीमा विश्व आदिवासी दिवस पिटर शम अवस्थित हलमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक र विभिन्न समुदायको समुपस्थितता सम्पन्न गरिएको छ। विभिन्न जातजाति जस्तै मगर, गुरुङ तामाङ, शेर्पा, थारु लगायतका पोसाकहरूले भेसभुसा प्रदर्शनी समेत गरिएको थियो ।

ज्ञापन पत्र पाठ गर्दा उपस्थित समुदायले ताली बजाएर समर्थन गरेका थिए । ज्ञापन पत्र बुझेपछि यसलाई सम्बन्धित ठाउँमा पुय्याई दिनुहुने प्रतिबद्धता महावाणिज्यदूत दीपक खडकाले गरिएको थियो।

स्मरण रहोस्, नेपालको राजदूतको कार्यक्रम अन्य राज्य वा क्यानबेरामा अवस्थित रहेको छ।

यसअघि तामाङ सोसाइटी अफ युके र मगर सङ्घ युकेले नेपाली राजदूत लन्डनमा ज्ञापन पत्र बुझाएका थिए ।

यो पनि

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका