यौन दुव्र्यवहारको आरोप लागेपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले मंगलबार राजीनामा दिएका छन् । उनले राजीनामा दिएकै दिन आरोप लगाएकी रोशनी शाहीले एक अनलाइनमा भिडियो अन्र्तवार्ता दिदै आफूमाथि कुनै पनि दुव्र्यवहार नभएको बताएकी छिन् ।
उनले दिएको पछिल्लो भिडियो अन्तर्वार्तामा आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको बताएकी छन् । उनले भनिन्, ‘सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको स्पष्ट पार्दै त्यो दिन मेरो कोठामा कोही आएको छैन । महरा सरसँग संसद सचिवालयमा कहिलेकाही बीपी चेक गराउँदा भेट हुने हो ।’ उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छैन । मैले रिस उठेको बेलामा के के भने यी सब निराधार हुन्, शाहीले भनिन् ।
अघिल्लो भिडियो अन्र्तवार्तामा आइतवार साँझ सभामुख महराले तिनकुनेस्थित शाहीको डेरामै आएर जवर्जस्ती करणी गरेको आरोप लगाएको भिडियो सार्वजनिक भएको थियो ।
त्यसकै आधारमा सोमबार साँझ अनलाइनहरूमा समाचार आएपछि सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले राति विज्ञप्ति जारी गरी खण्डन गरेका थिए । अनलाइन सञ्चारमाध्यमले सम्प्रेषण गरेका समाचार भ्रामक रहेको उनले दाबी गरेका छन् । सभामुख महराले पनि आफूले कुनै गलत काम नगरेको बताएका थिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले सभामुख महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएपछि उनले राजीनामा दिएका हुन् ।
दुवौ भिडियो हेरेपछि के दुविधा ल्याएको छ भने खास कुरा के ? भन्ने प्रश्न उब्जिएको छ ।