नेपाल तामाङ मौलिक ह्वाइला न्हानले तेस्रो वार्षिकोत्सव तथा अधिवेशन सम्पन्न भएको छ ।
शनिवार काठमाडौँ सम्पन्न अधिवेशनले पोङदिला च्याङ्बा (सञ्जीव तामाङ) अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षद्वय विमल मोक्तान र अन्तरे घिसिङ‚ महिला उपाध्यक्ष लक्ष्मी योन्जन तामाङ‚ सचिव ज्ञानध्वज ग्लान‚ कोषाध्यक्ष मिम लामा (रोसिला च्याङ्बा) लगायत १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेका हुन् ।
अधिवेशनको अतिथिहरू गोकर्णेश्वरका उपमेयर सान्नानी लामा‚ लिसंखुपाखार गाउँपालिकाका अध्यक्ष राजु लामा‚ सुनकोसी गाउँपालिकाका उपाध्यक्ष कान्छी लामा‚ नेपाल तामाङ घेदुङका सह अध्यक्ष कुमार घिसिङ लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनीधिहरुको उपस्थिति रहेका थिए ।
वार्षिकोत्सव न्हानको सभाध्यक्ष सुनिता कुमारी बलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
2
+1