गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुबेँशीबाट दुई किलो सुन सहित दुई जना पक्राउ परेका छन् ।
टिमुरेबाट स्याफ्रुवेसितर्फ आउँदै गरेका पैदलयात्रि सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका– ५ पोखरी बस्ने वर्ष २४ का सुदिप शेर्पालाई पक्राउ गरेका हुन् ।
उनलाई प्रहरीले रोकी चेक जाँच गर्ने क्रममा शेर्पाले लगाएको सेतो रङ्गको टिसर्ट भित्रको कालो रङ्गको चेष्टगार्डको भित्री खल्तीमा २ किलो सुन लुकाई छिपाई ल्याएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धान को क्रममा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका वडा नम्बर १ बगम स्थायी घर भई हाल टिमुरेमा बसोबास गर्दै आएका वर्ष ३० को फुसाङवु शेर्पाले उक्त पहेँलो धातु दिएको भन्ने जानकारी पाएपछि फुसाङवु र सुदिप दुवै लाई थप अनुसन्धानका लागि राजश्व विभागमा पठाइएको प्रहरी निरीक्षक शर्माले बताए ।