रसुवाको स्याउ बजारमा आउन थाले‚ स्थानीयमै माग धान्न गाह्रो

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
469 Shares
रसुवा

हिमाली जिल्ला रसुवामा किसानले स्याउ टिप्न थालेपछि स्थानीय बजारमै हारालुछ हुन थालेपछि कृषकहरू दङ्ग पर्न थालेका छन् ।

गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ नागुङका दुई दाजुभाइ निमा दावा र ग्यालदोर्जे तामाङले आफ्नो भिरालो जग्गामा रोपेको फुजि,गाला,गोल्डेन प्रजातिका स्याउ उत्पादन गर्दै आएका छन् ।

दुई दाजुभाइ ले २०७० सालमा दोर्जे कृषि फर्म दर्ता गरेर सुरु सुरुमा त परम्परागत रूपमा नै सामान्य खेती गरिरहेका उनीहरू २०७७ सालमा स्याउको बिरुवा प्रदेश सरकार वाट ५० प्रतिशत अनुदान मा १ हजार बिरुवा रोपे दोस्रो वर्षमा उनीहरूले बिरुवा नलगाई पहिलो वर्ष लगाएको बिरुवाबाट मनग्ये स्याउ फल्न थाले पछि त्यस ले स्थानीय बजारमा नै पुराउन नपाई बोटमा नै मेरो भाग भन्दै लिन आउने गरेको दुई दाजुभाइ बताउँछन् ।

तेस्रो वर्ष गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा ४ सय २१ बोट लगाएका रहेछन् र यसपालि पनि २ सय ६५ स्याउको बोट लगाएका छन् ।बिरुवा लगाएको चार वर्ष भयो तर फल्न थालेको चाहिँ ३ वर्ष भयो ।फुजि र गोल्डेनको २ सय ७० र गाला प्रजातिको लाई ३ सय रुपैयाँ प्रति केजी रहेको छ ।यस वर्ष ३ हजार किलो को लक्ष्य राखिएको छ भने आम्दानी ८ लाख को हाराहारीमा रहेको कृषक ग्याल दोर्जेले बताए ।

स्याउको अलावा गोलभेँडा सागसब्जी बन्दा काउली सिजन अनुसारको फलाउने गरेका रहेछन् ।अहिले यो सिजनमा गोलभेँडा ६० हजार रुपैयाँ आउँछ।साग बन्दा, काउली बाट १५ देखि १६ हजार आलु ३० मुरी फलेको र यस वाट ६० हजार आम्दानी हुने बताउँछन् । सदरमुकाम वाट ४ किलो मिटर को दुरीमा रहेको नागुङ गाउँ का यी दुई दाजुभाइ पढाइमा साक्षर मात्रै हुन डिग्रीको सटिपिकेट नभएता पनि मिहेनत र परिश्रम बाट मनग्ये आम्दानी गरिरहेका छन् ।

अहिले पो सडक सञ्जालले जोडियो समय परिवर्तन भयो उति बेला भिरपाखा तीन देखि चार घण्टाको समय लाग्दथ्यो सदरमुकाम धुन्चे को स्कुल सम्म पुग्न गारो थियो ।गाउँ कै स्कुल मा अक्षर चिनियो तर खेतीपाती बस्तुभाउ भएपछि स्कुल जाने मौका मिलेन दाईभाई दुखेसो पोख्दछन् ।घरायसी दुख ले विदेश पनि गइयो जग्गा जमिन धेरै भए पनि आम्दानी नहुने विदेश गए पनि केही भविष्य नदेखेर आफ्नो गाउँ फर्केर पुन कृषि पेसा लाई अँगालेर राम्रो आम्दानी गरिरहेका छन् ।सुरुमा त स्याउ खेती वाट आम्दानी डेढ लाख थियो ।दोस्रोमा ५ लाख को हाराहारीमा थियो भने अहिले ८ लाख भन्दा माथि को लक्ष्य लिएको बताउँछन् ।

दुख गर्न त जहाँ पनि पर्छ सुख रूखमा फल्दैन त्यसैले हामी दुई दाजुभाइ आफ्नो जग्गा लाई सदुपयोग गरेर यही अमेरिका,जापान,अस्ट्रेलिया ,मलेसिया यही छ हामीलाई भनेर गर्व गर्छन् ।यस्तै गोसाईंकुण्ड गा,पा वडा नम्बर ५ व्रावल मा पनि समूहगत र व्यक्तिगत स्याउ खेती गर्छन् व्यापारी हरू उहीँ पुग्दछन् पुग्न नपाए फोन गरेर अर्डर गरेर पठाइदिनु भन्छन् ब्रावालका स्थानीय डिण्ढुप तामाङ बताउँछन । अर्ग्यानिक पाइने भएकाले पनि स्थानीय बजारमा नै भाग पुग्दैन ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका