आदिवासी जनजाति महासंघ साउदीको अध्यक्षमा पुनः गुरुङ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
189 Shares
दमाम, साउदी अरेबिया

नेपाल आदिवासी जनजाति महासंघ साउदी अरबको अध्यक्षमा पुनः खेम गुरुङ चयन भएको छ । गुरुङलाई महासंघको पाचौं महाधिवेशनबाट अध्यक्षमा चयन गरेको हो ।

दमाममा सम्पन्न महासंघको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठ, उपाध्यक्षहरु क्रमशः सुक गुरुङ, बमबहादुर थापामगर, विजय लामा, लोकेन्द्र फियाक लिम्बू, प्रवेश थुलुङ राई, महासचिव सुमन योङहाङ, उपमहासचिव पासाङ शेर्पा, सचिब रोशन ग्लान तामाङ, सहसचिव इन्दिरा श्रेष्ठ, कोषाध्यक्ष चित्रकुमार चाम्लिङ राई, सह-कोषाध्यक्ष ओम बहादुर कुमाल र प्रवक्ता राज तामाङ रहेका छन् ।

त्यसैगरी सदस्यहरु क्रमशः मिना योन्जन तामाङ, चन्द्र राई, भिम बुढा मगर, प्रेम इजम लिम्बू, प्रेम कुमाल, गोबिन्द चौधरी, बेलबहादुर सारु मगर, जयन्ती अन्छङ्बो लिम्बू, रबिन तामाङ(रोशन), आइत लिम्बू, मनोज दुरालाई चयन गरेका हुन् । अन्य सदस्यलाई कार्यसमितिको पहिलो बैठकबाट मनोनीत गर्ने अध्यक्ष गुरुङले बताए ।

आदिवासी जनजाति महासंघ साउदीको संरक्षक समितिको प्रमुख ओम घले हुन् । त्यस्तै सदस्यहरु क्रमशः श्रीप्रसाद यावा लिम्बू र तुलसीमाया गुरुङ रहेका छन् । बिरेन्द्रकुमार चौधरी प्रमुख रहेको सल्लाहकार समितिको सदस्यहरु क्रमशः राजेश सेन्दाङ, पुष्पा राई हुन् ।

२९औं विश्व आदिवासी दिवसको अवसर पारेर महासंघ साउदीले महाधिवेशन सम्पन्न गरेको हो । यसपटक आदिवासी दिवस ` आत्मनिर्णयको अधिकारका लागि परिवर्तनका सम्वाहक युवा ´ भन्ने मुल नाराका साथ मनाइएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास साउदीका द्वितीय सचिव टिकाराम उपाध्यायले आदिवासी जनजाति महासंघ साउदी बृहत कार्यक्रम गरि २९औं आदिवासी दिवससँगै महाधिवेशनसमेत सम्पन्न गरेकोमा धन्यवाद दिए । प्रमुख अतिथि उपाध्यायले आदिवासी जनजाति महासंघ साउदीका लागि दूतावासले गर्नुपर्ने सहयोग निरन्तर रहेने बताए । आदिवासी जनजाति महासंघ साउदीसँगको सहकार्य दूतावासका लागि अपरिहार्य भएको प्रमुख अतिथि उपाध्यायको भनाइ थियो ।

आफ्ना पहिचान, भाषा, लिपि, संस्कृति, ईतिहास र हक अधिकारका लागि स्थापित महासंघका प्रवास शाखा साउदी सन् २००५ मा गठन भएको हो । महासंघमा तमु धि नेपाल, प्रवास शाखा, नेपाल मगर संघ शाखा, किरात राई यायोक्खा शाखा, नेपाल तामाङ घेदुङ शाखा, नेवा:समाज, किरात याक्थुङ चुम्लुङ र युवा कुमाल समाज आबद्ध छन् ।

` आदिबासी एकता अमर रहोस ´ भन्ने मुल नाराका साथ गठित नेपाल आदिवासी जनजाती महासंघ प्रबास शाखा साउदी सन् २०१२ देखि निष्क्रिय जस्तै रहेको थियो । महासंघ साउदीको पुनर्गठन सन् २०२१ अगस्ट २७ तारीख मा भएका हुन् । हालका अध्यक्ष तत्कालीन बरिस्ठ उपाध्यक्ष खेम गुरुङकै संयोजकत्वमा महासंघको पुनर्गठन भएका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका