साउन ४ गते गोसाईंकुण्ड जाने क्रममा लेक लागेर हिड्न नसकेकी एक महिलालाई नेपाली सेना विष्णु दल गणले उद्धार गरेको छ ।
उक्त लेक लागेकी महिला नुवाकोट जिल्ला विदुर नगरपालिकाको बट्टार बजारकी ५० वर्षीय शिव पोखरेल रहेकी छन् । उनलाई चन्दन बारीबाट उद्धार गरिएको हो । पोखरेल साथीहरूसँग गोसाईंकुण्ड जाने भनेर हिँडेर चन्दनवारि पुगेपछि एक्कासि अप्ठ्यारो महसुस भएको थियो ।
सामान्य र सहज रूपमा चन्दनवारि पुगेपछि एक्कासि सास फेर्न गारो भएर हिड्न नसकेको जस्तो भएपछि नजिकै रहेको आर्मी चेकपोस्ट मा खबर गरेपछि नेपाली सेनाको टोलीले तत्कालै उद्धार गरी सदरमुकाम ल्याएका थिए ।
अहिले उक्त महिलाको स्थिति सामान्य रहेको र बेसीमा बसेको मानिस उच्च भागमा पुगेपछि लेक लागेको हुन सक्ने अनुमान गरिएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1