चन्द्रमामा पुग्यो भारतको चन्द्रयान–३‚ रच्यो इतिहास

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
112 Shares
काठमाडौं

भारतले पठाएको चन्द्रमामा यान चन्द्रयान–३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको छ ।

बुधवार साँझ नेपाली समय अनुसार ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको जनाइएको छ । योसँगै भारत चन्द्रमामा यान पुर्‍याउने चौथो मुलुक बनेको छ ।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का अनुसार जुलाई १४ मा चन्द्रयान–३ प्रक्षेपण भएको थियो। चन्द्रयान–३ मा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महत्त्वपूर्ण भाग छन्। ल्यान्डरको नाम विक्रम राखिएको छ।

इसरोका संस्थापक विक्रम साराबाईको नाममा ल्यान्डरको नाम राखिएको हो। विक्रमले बोकेको रोभरको नाम प्रज्ञान राखिएको छ। प्रज्ञानको तौल २६ किलो छ।

अगस्टको सुरुतिर चन्द्रमाको कक्षमा प्रवेश गरेसँगै त्यसमा रहेको ल्यान्डर विक्रमले चन्द्रमाको सतहका तस्बिरहरू पठाइरहेको छ।

चन्द्रयान–३ को सफल अवतरणसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश र सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ।

यसअघि अमेरिका, तात्कालिक सोभियत सङ्घ र चीन सबैले ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्यरेखा वरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका थिए।

चन्द्रयान–३ अवतरण भएको केही समयपछि विक्रम ल्यान्डरबाट छ वटा पाङ्ग्रा भएको रोभर बाहिर निस्किनेछ र चन्द्रमाको सतहमा रहेका चट्टान र खाडलहरूतिर अघि बढ्दै पृथ्वीमा महत्त्वपूर्ण तस्बिर तथा डेटाहरू पठाउनेछ।

रोभरको पाङ्ग्रामा इसरोको लोगो र प्रतीक चिह्न पनि छन्। पाङ्ग्राहरू गुड्दा तिनले चन्द्रमाको माटोमा इसरोको छाप बसाउने एक अधिकारीले बताए।

सन् २०१९ मा भारतले पठाएको चन्द्रयान–२ को ल्यान्डर अवतरण हुने क्रममा दुर्घटनामा परेर सम्पर्क विच्छेद भएको थियो। इसरोका प्रमुख श्रीधर पानिकर सोमनाथले २०१९ मा अवतरणका क्रममा भएका प्राविधिक गल्तीलाई यसपालि सच्याइएको बताएका छन्।

चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत पहिलो मुलुक हो। प्रज्ञान रोभरले अब चन्द्रमाको दक्षिणी ध्रुवको सतहको अध्ययन गर्ने छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका