अरुणबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

विद्युतका लागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । अरुण नदीमा पाँचवटा जलविद्युत् आयोजना रहन सक्ने र त्यसबाट तीन हजार ३९५ मेगावाट विद्युत् उत्पादन हुने देखिएको हो ।

पाँचवटा ठुला आयोजनामध्ये अहिले नौ सय मेगावाटको अरुण तेस्रो निर्माणको क्रममा छ भने अन्य आयोजनाको अध्ययन भइसकेको छ । एक हजार ६१ मेगावाटको अपर अरुण, छ सय मेगावाटको लोवर अरुण, ४३४ मेगावाटको किमाथाङ्का अरुण र चार सय मेगावाटको अरुण ४ को अध्ययन भइसकेको विद्युत् विकास विभागले जनाएको छ ।

नेपालको पानी जनताको लगानी कार्यक्रम समावेश अपर अरुण भोटखोला गाउँपालिकाको चेपुवा र रुकुमाको बीचमा निर्माण हुने भनिएको छ ।

यस आयोजनाको सम्पूर्ण अध्ययन पूरा भइसकेको विद्युत् विकास विभागलाई उद्धृत गर्दै ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए । नेपाल र नेपालीको लगानीबाट सञ्चालन गरिने यो परियोजना केही वर्ष्भित्रै सुरु हुनेसमेत उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका