स्वयम्भूनाथ काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो। संस्कृतबाट स्वयम्भूको अर्थ स्वयं उत्पत्ति भएको भूमि भन्ने बुझिन्छ। काठमाडौँ उपत्यकाको स्थापना र नेपालको इतिहासमा पनि यसको ठुलो भूमिका रहेको छ।
भगवान् मञ्जुश्रीले पनि काठमाडौँको स्थापना गर्नु अघि यो भूमिमा बसेर तपस्या गरिएको उल्लेखित पुरानो ग्रन्थहरूमा पाइन्छ। नेवारीबाट स्येँको अर्थ स्वयं,गुँको अर्थ वनबाट स्येँगु र यसै शब्दलाई पछि स्वयम्भू भनी आएको हो।
स्वयम्भूबाट काठमाडौँलाई नियालेर हेर्दा घरैघरले भरिएको देखिन्छ । मौसम खुलेको बेला स्वयम्भूबाट काठमाडौँ वरिपरिका डाँडाहरू सजिलै अवलोकन गर्न सकिन्छ । स्वयम्भूबाट काठमाडौँ मुटुमा अवस्थित धरहरा‚ एयरपोर्ट लगायतका स्थानहरू अवलोकन गर्न सकिन्छ ।