ताङ्जोला पूजाका लागि बाटो सरसफाइ

सैलुङअनलाइन संवाददाता
लिसंखुपाखर, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक लिसंखुपाखार- १ ठूलोधादिङ स्थित ताङ्जो-ला (महांकाल हरिसिद्धी देवता)को असोज १६ गते हुने पूजाका लागि बाटो सरसफाइ गरिएको छ । हरिसिद्धी मन्दिर जाने दुईवटा बाटो सरसफाइ सकिएको मोलम क्लब ब्यार्साका अध्यक्ष सङ्गम लामाले सैलुङअनलाइनलाई जानकारी दिए ।

क्लबका अध्यक्ष सङ्गमका अनुसार ब्यार्सा हुँदै जाने बाटो गागर खोला, लखर्त, म्रब्सोङगाल ताङ्जो-लासम्म र ठूलो धादिङ हुँदै जाने बाटो गुम्बा डाँडादेखी मन्दिरसम्म पुग्ने गोरेटो सरसफाइ सरसफाइ गरिएको छ ।

गाउँपालिकाकै उच्च स्थानमा रहेको ताङ्जो–लामा जेठ र असोजमा गरी वर्षमा दुई पटक पूजा हुन्छन् । पूजा बिहीबारका दिन गर्ने चलन रहेको छ ।

तपाईको प्रतिक्रिया