जी.डब्ल्यु.एमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी को विक्री वितरण सुरु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
56 Shares
काठमाडौं

भि.जी ईम्पेक्स प्रा.लि. नेपालमा जी.डब्ल्यु.एम सवारी साधनको आधिकारिक वितरकले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक–क्रसओभर ओरा ०३ को डेलिभरी सुरु गरेको छ । जी.डब्ल्यु.एमले ओरा ०३ को लागि जेठ ३, २०८० मा बुकिङ खुला गरेको थियो र बुकिङ घोषणा गरेदेखि नै यस रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ ईन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर आदि जस्ता आधुनिक सुविधाहरू सहितको यसको टाईमलेस एक्सटेरियर र आकर्षक ईन्टेरियरलाई ग्राहकहरूले मन पराइरहेका छन् ।

ओरा ०३ मा ४८ KWH को ब्याट्रीको साथ ४०० KMS (NEDC) को प्रभावशाली ड्राइभिङ्ग रेन्ज रहेको छ । सुरक्षाको पक्षमा, ओरा ०३ देशका थोरै विद्युतीय सवारीहरू मध्ये एक हो जसले ANCAP र EURONCAP दुवैमा फाईभ–स्टार प्राप्त गरेको छ, जसले हरेक यात्रामा आत्मविश्वास जगाउँछ । ओरा ०३ मा सीक्स ओमनिडायरेक्शनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेहिकल होल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम आदि जस्ता सुरक्षा सुविधाहरू छन् ।

जी.डब्ल्यु.एमको बारेमाः

भिजि ईम्पेक्स प्रा.लि.नेपालमा जी.डब्ल्यु.एम सवारी साधनको एक आधिकारिक आयातकर्ता र वितरक हो । जी.डब्ल्यु.नेपालले हाभल एच्६, हाभल जोलायन, पावर, र वीङ्गल५ जस्ता विश्वव्यापी रूपमा लोकप्रिय मोडलहरू मार्फत नेपालमा आफ्नो उपस्थिति दृढताका साथ स्थापित गर्न सक्षम भएको छ र हालसालै अल न्यु इलेक्ट्रिक–क्रसओभर ओरा ०३ सार्वजनिक गर्दै जी.डब्ल्यु.एम नेपालले बजार विस्तार गरिरहेको छ । देशको नेक्स्ट–जेन अटोमोटिभ नवाचारलाई मूर्त रूपमा प्रोत्साहन गर्ने वाचाको साथमा जी.डब्ल्यु.एम नेपालले देशभरि नै फ्युचरिस्टक मोडलहरू र प्रिमियम प्रस्तावहरू थपेर बिक्री र बिक्रीपछिको सेवालाई निरन्तर स्तरोन्नति गर्न प्रतिबद्ध छ । जी.डब्ल्यु.एम नेपालले सधैं उपभोक्ताहरूलाई नयाँ र विस्तृत सेवाहरू प्रदान गर्दै नेपालको अटोमोटिभ इकोसिस्टमलाई अगाडि बढाउने कुरामा ध्यान केन्द्रित गरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका