रसुवामा आलु र बाख्रा जोन कार्यक्रम लागु भएपछि कृषक उत्साहित

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
315 Shares
रसुवा

रसुवा जिल्लाको पाँच गाउँपालिकाको २७ वडामध्ये १८ वटा वडामा आलु र बाख्रा जोन कार्यक्रम लागू भयसँगै कृषकहरूमाझ उत्साह थपिएको छ ।

जिल्लाको आमाछोदिङमो गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ उतरगया गाउँपालिकाको १, ४, ५‚ नौकुण्ड को १, २, ३, ५ र ६‚ कालिका गाउँपालिकाको १, ३, ४ र ५‚ गोसाईंकुण्ड को ६ नम्बर वडा आलु जोन कमान्ड क्षेत्र रहेको छ ।

२०७६?०७७ बाट रसुवामा आलु जोन सुरुवात भएपछि नौ वटा सहकारी, २० वटा समूह, १ सय ३५ वटा व्यक्तिगत फर्म दर्ता भएका छन् ।२ सय ९८ जना महिला र ३ सय १४ जना पुरुष गरी ६ सय १२ जना लाभान्वित भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना को परियोजना कार्यान्वयन इकाई नुवाकोट मार्फत रसुवामा रहेको जोन प्राविधिक एकाइ रसुवाको १८ वटा वडाहरूमा २०७६र०७७ बाट कार्यक्रम लागू भए यता यस परियोजना ले उन्नत जातका आलुको बिउ, बिषादिहरू वितरण गर्दै कृषकलाई तालिम समेत दिएको छ । आर्थिक वर्ष २०७९/०८०मा ६ सय ५५ हेक्टरमा लगाइएको आलु २३.८५ मेट्रिक टन आलु उत्पादन भएको छ।

आगामी आर्थिक वर्ष ०८०र८१ मा कार्यक्रमहरू सुरुवाती चरणमा रहेको कृषि प्राविधिक अम्बिका घिमिरेले जानकारी दिइन् ।

यस्तै यस परियोजना अन्तरगत बाख्रा जोन कार्यक्रम पनि प्रभावकारी बन्दै गर्दा रसुवामा २०७८/०७९ देखि सञ्चालनमा रहेको छ । बाख्राको नग्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम अन्तरगत १५ वटा बाख्रा वितरण गरिएको छ । २०७९/०८० मा २ सय ३५ बाख्रा हरू बोयर, जमुनापारि, खरि, सिन्हाल पाठी वितरण गरिएको छ भने २०८०र०८१ को कार्यक्रम सुरुवाती चरणमा रहेको भेटेरिनरी प्राविधिक सुदिप राना मगरले जानकारी दिए ।

बाख्रा जोन मा ९ समूह १० सहकारी र ३ सय ४० व्यक्तिगत फर्म सञ्चालन भएका छन् ।यस बाट महिला १ सय ९६ जना र २ सय २३ जना पुरुष गरी ४ सय १९ लाभान्वित भएका छन् । कृषकलाई प्याफ कटर, मकै छोडाउने मेसिन कम्बाईन मिल, डिजिटल तराजु, दाना बनाउने मेसिन जस्ता यन्त्रहरू ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । साथै मासु पसल सुधार कार्यक्रम पनि सम्पन्न भइसकेको बताइएको छ ।

बाख्रा जोन रसुवाको कमान्ड क्षेत्र आमाछोदिङमो गा,पा वडा नम्बर ३,४ र ५ उतरगया को १,२ र ३ नौकुण्ड गा,पा को १,३,४,५ र ६ कालिका गा,पाको १,२,३,४ र ५ गोसाईंकुण्ड गा,पा को ५ र ६ मा रहेको छ

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका