ठुलोभार्खुकी दावाडोल्मालाई अलैँचीबाट हट्यो अल्छी

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
287 Shares
रसुवा

रसुवा गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ ठुलोभार्खु निवासी दावाडोल्मा घलेले अलैँची खेती सुरु गरेको सात वर्ष भयो । गाउँ भन्दा २ किलो मिटरको दुरीमा रहेको खोपाङमा आफ्नै जग्गामा अलैँची खेती गरेका उनको आम्दानी सुरु भएका छन् ।

उनी भन्छन्‚ ‘सुरुमा त हुन्छ कि हुँदैन भनेर एक बोट रोपेका थिए । खासै राम्रो भएन । छिमेकीहरूले २५ वोट जति टुप्पो काटेर तिमी कहाँ हुन्छ कि भनेर पठाए र त्यसपछि पनि खासै उपलब्धि भएन । उखालेर फालेको बोट सप्रिएर आएपछि त्यसमा खुसी जाग्यो । अनि तत्कालीन कृषि विकास कार्यालयबाट १ सय ७५ बोट १५ रुपैयाँको दरले किनेर ल्याई रोपेपछि अहिले राम्रो भएको छ ।’

भूकम्प गएको आठ वर्ष भयो । मैले अलैँची खेती गरेको सात वर्ष बित्यो । अहिले आम्दानी दिन थालेको उनी बताउँछन् ।

सुरुको वर्षमा २५ किलो ६ सयको दरले बिक्री भयो । दोस्रो वर्षमा ८० किलो एक हजारको दरले बिक्री भयो र तेस्रो वर्षमा डढेलो लागेको कारण ३८ किलो ८ सयको दरले काठमाडौँको असन बजारमा बिक्री गरिएको उनले सुनाइन् । अलैँचीको उत्पादन हुन थालेपछि घर खर्च कटाएर वार्षिक रूपमा एक लाख ५० हजार बचत हुन्छ । यस अलैँचीको अलावा उहाँले सिजन अनुसारको काउली, बन्दा, सिमी, खुर्सानी, सागपात, लोकल कुखुरा, बाख्रा समेत पालन गरिएका छन् ।

सबै जना विदेश गएको देख्छु । एक मनले विदेश जाने इच्छा पनि नआएको होइन तर आफ्नो गाउँमै बसेर कृषि पेसा गर्छु । जहाँ गए पनि दुख गर्नै पर्छ । आफ्नो परिवारका साथ हुन्छन् भन्ने सोचेर कृषि पेसामा लागिपरेकी दावाडोल्मा बताइन् र

समूह सङ्घसंस्थामा बसे तर केही उपलब्ध नदेखिएकोले आफ्नै लगानी मा कृषि पेसा गरिरहेकी घलेले आगामी दिनहरूमा माछा पाल्ने सोचसमेत बताएकी छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका