असंविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। नेम्वाङलाई छोराहरू मिङ्सो र सुहाङले दागबत्ती दिए।
नेम्वाङको दाह संस्कारका बेला नेपाली सेनाको एक टुकडीले शोक धुन बनाएर सम्मान अर्पण गर्यो। नेम्वाङको सम्मानमा नेपाली सेनाले तोप समेत पड्काएको थियो।
बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो ।
फूल मालाले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखिएको छ । त्यहाँ परिवारका सदस्यहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाएका छन् । अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झन्डा ओढाएका थिए ।