हाउसफूलमा चल्यो तामाङ फिल्म ‘ङिङ्जे’

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
1428 Shares
काठमाडौं

तामाङ भाषाको चलचित्र ‘ङिङ्जे’ ले च्यारिटी शोमा अहिलेसम्मकै धेरै दर्शक तान्न सफल भएको छ । सोमबार राष्ट्रिय नाचघर जमलमा भएको च्यारिटी शोमा उक्त चलचित्रले अहिलेसम्मकै धेरै दर्शक तान्न सफल भएका हुन् ।

तामाङ सुपर स्टार डम्फु मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रको बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिचाइ मन्त्री तीर्थ लामाको प्रमुख आतिथ्यतामा उद्घाटन गरेका हुन् ।

च्यारिटी शो लाई सम्बोधन गर्दै मन्त्री लामाले तामाङ चलचित्र क्षेत्रलाई संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि प्रदेश सरकारले विशेष चासोका साथ हेरेकोले सबै कलाकारहरूलाई न्याय हुने ढङ्गले कार्यक्रमहरू अगाडि ल्याउने बताए ।

चलचित्रमा नायक अमिर दोङको मुख्य भूमिका रहेको छ भने सुस्मा थिङ, कुइसङ रुम्बा लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेका छन्।

चलचित्रको पटकथा ऋतुराज पाख्रिनले लेखेका हुन ।

चलचित्रको कथा, पटकथा र संवाद ऋतुराज पाख्रिनको रहेको छ । निर्माता दीपेन्द्र लोप्चन (मुरली), रन्जिता स्याङ्तान रहेका छन् भने सहनिर्माता प्रवीण कुमार तामाङ रहेको छ । चलचित्रको निर्देशन अमिर दोङले गरेका हुन भने सह निर्देशनको भूमिका कुईसाङ रुम्बाले गरेका हुन् ।

चलचित्रको प्रस्तुतकर्ता भने पेमा लामा योञ्जन रहेको छ । द्वन्द्व राजु तामाङ, नृत्य कृष्ण ब्लोन, छायाङ्कन विक्रम मोक्तान र त्रिलोक लामा, सम्पादन विक्रम मोक्तान, डबिङ सन्तोष गोले, मिक्सिङ कार्साङ लामा, गीतकार रुपेन मोक्तान, ङेमा दोङ ९तवला०, सङ्गीतकार च्वाईस दोङ, रोशन लामा, गायक विशाल काल्तान, रोशन लामा, हावा लामा, गायिका जितु लोप्चन, निर्मला घिसिङ, रञ्जिता घिसिङ, एरेन्जर दिपेश प्रधान, चाँदसिंह र सानुबाबु घिसिङ रहेका छन् ।

ङिङ्जेमा अमिर दोङ, सुस्मा थिङ, सजिना लोप्चन, कुईसाङ रुम्बा, पदम दोङ, दीपेन्द्र लोप्चन, सोम मोक्तान, राज गोले, रन्जिता स्याङ्तान, अनिता नेगी, मनिका मोक्तान, भुईसल लामा, माया मोक्तान, दोर्जे मोक्तान, प्रबल थिङ, नोर्साङ दोङ, विशाल थिङ रहेका छन् । त्यस्तै अतिथि कलाकारमा नायिका सुस्मा मोक्तान, रुपा यस घले, पुष्पाञ्जली लोप्चन रहेका छन् ।

तामाङको वास्तविक कथा बोकेको चलचित्र ङिङ्जेु करिब ६ वर्ष पुरानो चलचित्र हो । विभिन्न प्राविधिक समस्याहरूको कारण ढिलो प्रदर्शन भएको निर्देशक एवं नायक दोङले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका