४१ औँ शिक्षा दिवस : वक्तृत्वकला प्रतियोगिता र ‘हाम्रो तादी’ को लोकार्पण

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
42 Shares
नुवाकोट

तादी गाउँपालिकाद्वारा आयोजित ४१ औँ शिक्षा दिवस २०८० सम्पन्न भएको छ । ‘समावेशी र सीपमूलक शिक्षा: स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने मूल नारासहित शिक्षा दिवस २०८० सम्पन्न गरिएको हो ।

शिक्षा दिवसका अवसरमा तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा माध्यमिक विद्यालय तह स्तरीय वक्तृत्वकला प्रतियोगिता र गाउँपालिकाको स्थानीय पाठ्यक्रम ‘हाम्रो तादी’ को लोकार्पण गरिएको थियो । कार्यक्रममा ,एसइई २०७९ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालय, शिक्षक शिक्षिकाहरू तथा विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

यस्तो कार्यक्रमको आयोजनाले आन्तरिक प्रतिस्पर्धाको अभिवृद्धि हुनुका साथै विद्यार्थीमा लगनशीलता बढ्ने, क्षमता वृद्धि हुने गाउँपालिका अध्यक्ष तामाङले बताए । साथै शिक्षक शिक्षिकाको सम्मानले उनीहरूमा स्वाभिमान र मेहनतको कदर हुने उनले बताए ।

विद्यालय शिक्षालाई प्रविधिमैत्री शिक्षा, सिप मूलक शिक्षा, समावेशी बनाउन आगामी दिनमा गाउँपालिका प्रयासरत रहने पनि उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा विशेष अतिथिमा तादी गाउँपालिका उपाध्यक्ष सज्नु प्याकुरेल,अतिथिहरू प्र.प्र.अ खेमराज छिनाल,वडा अध्यक्षहरू बच्चुराम तामाङ, अस्मिन कुमार पाण्डे, नकुर दोङ तामाङ ,कार्यपालिका सदस्यहरू,शिक्षा अधिकृत रामचन्द्र कार्की ,विभिन्न शाखाको पालिकाको कर्मचारीहरू,विद्यालयका प्रधानाध्यापकहरू,शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका