मेलुङ थकाली किचनको तेस्रो शाखा बौद्धमा‚ ग्राहकलाई खानामा छुट

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
2.9k Shares
काठमाडौं

मेलुङ थकाली किचनको तेस्रो शाखा बौद्ध पिपलबोटमा बिस्तार गरेको छ । एयरपोर्टबाट सुरु गरेको मेलुङ थकाली किचनको दोस्रो शाखा नेपाल मेडिकल कलेज अत्तरखेलमा बिस्तार गरेको थियो भने यो तेस्रो शाखा हो ।

मेलुङ थकाली किचन एवं बर्गर हाउसका सञ्चालक वसन्त लामाले भने‚ ‘बर्गर हाउसमा खाजा मात्रै हुने हुँदा ग्राहकको माग र खोज अनुसार थकाली किचन सुरु गरेको हो ।’

शाखा बिस्तारको अवसरमा खाना सेटमा १५ प्रतिशत छुटको व्यवस्था गरेको छ । किचनले पारखीहरूका लागि दोलखाको असला माछाका साथमा अर्ग्यानिक स्वादहरू पस्कन्छन् ।

@sailungonline

मेलुङ थकाली किचेन । Melung Thakali Kitchen। Welcome

♬ original sound – sailungonline official – sailungonline official

लामाका अनुसार मेलुङ किचनमा आइसकेपछि फरक स्वादमा खाना पाइने बताए । ‘काठमाडौँमा थकाली किचनहरू थुप्रै छन्‚ त्यसमध्येमा पनि मेलुङ थकालीमा चाहिँ फरक स्वादका खानाहरू खान पाइन्छ’‚ उनले भने‚ ‘हाम्रोमा मूल्य पनि महँङ्गो छैन‚ थकाली खानाको मौलिकता स्वाद पाउन सकिन्छ ।’

थकाली खानाको अर्को विशेषता भनेको पस्किने शैली हो । काँचको थालमा काँचकै कचौरा प्लेटले घेरेर दिने हुँदा यो सेट मौलिक मात्र नभै विश्वको कुनै पनि कुनामा नपाइने फरक शैलीले लोकप्रियता कमाउँदै गएको छ ।

थकाली खानाका पारखीहरूलाई स्वादिष्ट, स्वास्थ्यवद्र्धक र अर्ग्यानिक परिकार खुवाउने मुख्य उद्देश्यले ‘मेलुङ थकाली किचन’ सञ्चालनमा ल्याएको अध्यक्ष लामाको भनाइ छ ।

उनका अनुसार ग्राहकको चाहना अनुसारको भेज तथा ननभेज स्पेसल थकाली सेट, बिरयानी र फ्राइराइस, मटन, चिकन, पोर्क सेकुवा, नेवारी खाजा सेट, मटनसहितको खाना, तामाको अचार, गुन्द्रुक लगायत थकाली खाना खुवाइने छ।

सानै उमेरबाट व्यावसायिक यात्रा सुरु गरेका लामा अहिले सफलतामा उन्मुख छन् । २०७२ चैत ३१ गते शंखमूलबाट सुरु भएको उनको ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’ ब्रान्डको रेस्टुरेन्ट अहिले काठमाडौँ“ उपत्यका र उपत्यका बाहिरा गरी करिब डेढ सय शाखाहरू स्थापना गरिसकेका छन् ।

द बर्गर हाउस एन्ड क्रन्ची फ्राईड चिकेनका संस्थापक वसन्त लामाले हाउसलाई अब पब्लिक कम्पनी बनाइने घोषणा गरिसकेको छ । बर्गर हाउसले युवा पुस्तालाई नेपालमै रोजगारीसँगै गुणस्तरीय सेवा र हाइजेनिक फुड प्रदान गर्दै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया