एमाले बागमती प्रदेश प्रथम अधिवेशनको तयारी पूरा‚ रोबर्टबाट उद्घाटन गरिने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
154 Shares
काठमाडौं

नेकपा (एमाले) को बागमती प्रदेशको प्रथम अधिवेशन तयारी पूरा भएको छ । शुक्रवार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै यही असोज ८ र ९ गते काठमाडौँको भृकुटीमण्डपमा भव्य उद्घाटन गरिने जानकारी दिए ।

पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुनेछ भने अधिवेशनको बन्द सत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेका अनुसार अधिकांश पालिका कमिटी र जनसङ्गठनका प्रतिनिधि चयन भइसकेको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भएको बताएका छन् ।

अधिवेशन सफल पार्नका लागि स्वयंसेवक व्यवस्थापन‚ प्रतिनिधि छनौटको कार्य‚ प्रतिनिधिको व्यवस्थापन अनलाइन इन्ट्री हुँदै‚ मूल व्यवस्थापन समितिमार्फत सबै काम अघि बढिरहेको  र विभिन्न उपसमितिहरू गठन गरी काम अघि बढाइएको बताइएको छ ।

प्रतिनिधि छनौटको व्यवस्था

  •  भूगोल (स्थानीय तहबाट) १२५ जना बराबर १ जना प्रतिनिधि छनौट गरिएको जसमा एक तिहाइ महिला र १० प्रतिशत ४० वर्ष मुनिका युवाको सुनिश्चितता गरिएको ।
  •  दलितको हकमा हरेक सङ्घीय निर्वाचन क्षेत्रबाट ५० जना बराबर १ जना प्रतिनिधिको व्यवस्था गरिएको ।
  •  गठनका हरेक विभागबाट १ जना
  • जनसङ्गठनहरूबाट पार्टी विधानको अनुसूची १ अन्तर्गतका जनसङ्गठनलाई ३ जना र २ अन्तर्गतका जनसङ्गठनबाट २ जनाका दरले ल्याइएको ।
  •  आएका जम्मा प्रतिनिधिबाट ५ प्रतिशतलाई मनोनीत गरिने
  •  हालसम्मको विवरणमा कूल आएका प्रतिनिधि १०२८ र अब त्यसमा ५ प्रतिशत थप गरिनेछ । जसमध्ये महिला १ तिहाइ करिब ३५० जना
  • ४० वर्ष मुनिका युवा करिब १२० जना
  •  दलित, जनजाति तथा अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको

उद्घाटन समारोह

  • बृहत् जनसभागिताहित भृकुटीमण्डपमा गरिने
  • भव्य सजावटसहितको मञ्च निर्माण गरिनु
  • उद्घाटन स्थलको बिचबिचमा डिजिटल स्किनहरू राखिने
  •  डिजिटल माध्यमबाट चल्ने रोबोर्टको प्रयोगले विशेष प्रविधिमार्फत प्रमुख अतिथि क. केपी शर्मा ओलीले उद्घाटन गरिने
  • र्‍यालीमा प्रदेशभरिका विभिन्न जातजाति, भाषा, संस्कृति झल्कने झाँकी, पहिरन तथा मौलिकताको प्रदर्शन गरिने
  • उपत्यकाका विभिन्न नाकाबाट जुलुस निकालेर भृकुटीमण्डपसम्म आइपुग्ने

बन्द सत्र

  • असोज ९ गते बिहान ७:३० बजे कमलादीको प्रज्ञा भवनमा सुरु हुने
  •  पार्टीको विधि अनुसार अध्यक्ष मण्डलको घोषणा गरिने
  • सबै प्रक्रिया पूरा गरेर प्रतिवेदन पास गर्ने, नीति निर्माण गरिने
  • नयाँ नेतृत्व चयनका लागि केन्द्रीय निर्वाचन आयोगले प्रक्रिया अघि बढाउने
  •  सर्वसम्मत नेतृत्व छनौटको पहल गरिने त्यसो नभएमा इलेकट्रोनिक भोटिङ मेसिन राम-लक्ष्मणको माध्यमबाट मतदान गरिने ।

आगामी कमिटीको संरचना

  • अध्यक्ष १ जना
  • उपाध्यक्ष १ जना
  • सचिव १ जना
  • उपसचिव २ जना
  • पदाधिकारीसहित जम्मा सदस्य २४० जना रहने
  • कमिटीमा ३३ प्रतिशत महिला १० प्रतिशत युवा (४० वर्ष मुनिका) साथै समावेशी सहभागिताको सुनिश्चितता गरिनेछ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका