सतपाल महाराजको ७३ औँ जन्मोत्सवको ६ सय ८२ जनाले गरे रक्तदान

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
84 Shares
काठमाडौं

काठमाडौँ । विश्वशान्ति दिवस तथा मानव धर्मका प्रणेता श्री सतपाल जी महाराजको ७३ औँ जन्मोत्सवको अवसरमा छ सय ८२ जनाले रक्तदान गरेका छन् । ‘रक्तदान जीवनदान, आत्म ज्ञान अति महान्, सेवा गर्ने हाम्रो अभियान’ भन्ने उद्घोषका साथ समितिले देशव्यापी रक्तदान आयोजना गरेको थियो । नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा देशभर रहेका शाखा आश्रमहरूमा पनि रक्तदान गरेका छन् ।

मानव धर्म आश्रम गौशालामा १३५ , भेरी क्षेत्र आश्रम नेपालगन्जको आयोजनामा दाङ र नेपालगन्ज आश्रम परिसरमा ११३ जनाले रक्तदान गरेका छन् । साथै लम्बीनी क्षेत्र आश्रममा ७८ जना, हरिवन क्षेत्र आश्रममा ७०, नारायणी क्षेत्र आश्रममा ५६, महाकाली क्षेत्र आश्रममा २४ जना , मेची क्षेत्र आश्रममा ५५ जना, नारायणघाट आश्रममा ५८ जना, हेटौडा आश्रममा ५६ जना र चरिकोटमा ३७ जनाले रक्तदान गरेका छन् ।

जन्मोत्सवको अवसरमा समितिले तीन दशक देखि निरन्तर रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । यो बाहेक संस्थाले विभिन्न अवसर पारेर हरेक वर्ष देशैभरका आश्रममा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । संस्थाले गौशाला आश्रममा पावन जन्मोत्सव कार्यक्रमको पनि आयोजना गरेका छ । कार्यक्रममा बागमती प्रमुख महात्मा लता वाईजीले भक्तिको मार्गलाई जीवनमा अनुसरण गर्नुपर्ने बताउँदै भिलीनीको जस्तो भक्ति जीवनमा अपनाउनुपर्ने बताइन् । भक्तिको मध्यमबाट जीवन सफल हुनुको साथै सच्चा गुरुलाई पनि प्राप्त गर्न सकिनेमा उनको जोड थियो ।

तपाईको प्रतिक्रिया