याङरीमा बचत तथा ऋण सहकारी संस्थाले ११ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष निर्मल बञ्जराले बार्षिक प्रतिवेदन गर्दै स–सानो पूँजीलाई संकलन गरी निम्न बर्गको आर्थिक, सामाजिक उत्थानको लागि लगानी गरेको बताए । ‘समुदायका लागि सहकारी’ भन्ने मूल मर्मकासाथ सहकारी ऐनभित्र रहेर संचालन गर्दै आएको संस्थाले सामाजिक क्रियाकलापहरु पनि संचालन गर्दै आएको अध्यक्ष बञ्जराले जानकारी दिए ।
सभाका प्रमुख अतिथि नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष परितोष पौडेलले सहकारीले सबैलाई न्याय गरेको बताउँदै सबैलाई आर्थिक कारोबारमा सहजता भएको बताए ।
संस्थाका कोषाध्यक्ष सानुबाबु गिरीले आ.व. २०७५÷७६ को आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाको शेयर पूँजी १ करोड ७५ लाख ७३ हजार रहेको जानकारी दिए । संस्थामा बचत संकलन ८ करोड ७१ लाख ४६ हजार, ऋण लगानी ९ करोड २ लाख ५० हजार र जगेडा तथा अन्य कोषहरुमा गरी ८२ लाख रकम रहेको छ, कोषाध्यक्ष गिरीले बताए ।
लेखा समिति संयोजक मानबहादुर अधिकारीले संस्थामा जम्मा भएको बचतलाई उत्पादनमुखी, कृषि र उद्यमशीलताको क्षेत्रमा लगानी गरी सदस्यहरुको आयस्तरमाथि उठाउन सुझाएका थिए ।
सभामा उत्कृष्ट कर्मचारी, शैक्षिक सम्मान, असल बचतकर्ता, असल ऋणी र संस्थालाई सम्मान गरिएको थियो ।
संस्थाले सदस्यहरुलाई गम्भीर प्रकृतिको रोग लागेमा १० हजार रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराउने र काठमाडौंका केही अस्पतालहरु विशेष छुटको व्यवस्था मिलाउने भएको छ ।