एमाले बागमती प्रदेश नयाँ नेतृत्वका लागि मतदान आज, अध्यक्षमा चार जनाको दाबी

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
70 Shares
काठमाडौं

नेकपा एमाले बागमती प्रदेश अधिवेशनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । मतदान एमाले पार्टी कार्यालय च्यासलमा बिहान ११ बजेबाट विद्युतीय मेसिनमार्फत् मतदान हुदैँछ ।

प्रदेश अध्यक्षका लागि चारसहित उपाध्यक्ष, सचिव र उपसचिवमा २६ जनाको उम्मेदवारी परेको छ । नेतृत्व चयनका लागि ११ सय ७४ जना प्रतिनिधिले मतदान गरिनेछ ।

अध्यक्षमा कैलाश ढुङ्गेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ ।

सचिवमा रत्ना गुरुङ, हस्त पण्डित, नवराज सिलवाल र डा. रामकुमार अधिकारीले उम्मेदवारी दिएका छन् । त्यसै गरी उपसचिवका लागि खड्गबहादुर खत्री, गङ्गादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उम्मेदवारी दिएका छन् ।

अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन हुनेछन् ।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका