योन्जन वंशावलीको सफ्टवेयर तयार‚ आगामी वैशाखमा ह्रिस्याङ्गुमा सामूहिक कुल पूजा गरिने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
588 Shares
काठमाडौं

योन्जन वंशको वंशावली निर्माणलाई सहजता र आधुनिक तरिकाले वंशावलीको नाम प्रविष्ट गर्नका लागि सफ्टवेयर र वेभ पेजको तयार भएको छ । बिहीबार काठमाडौँमा ह्योन्जन वंश समाजको दोस्रो साधारण सभामा सफ्टवेयरमार्फत वंशावलीको नाम प्रविष्ट गर्न सहज हुने र एक साथ विश्वभरिका तामाङले वेभ पेजका माध्यमबाट समेत आफ्नो वंशको नाम सहजै सफ्टवेयरमा प्रविष्ट गर्नालाई सफ्टवेयर तयार पारेको बताएका छन् ।

सफ्टवेयरमार्फत वंशावली अभिलेखन तथा प्रकाशन गर्न सहजता हुने हुँदा तीव्र गतिमा वंशावली लेखन, सङ्कलन, प्रशोधनको कार्य हुने र आगामी साधारण सभासम्ममा वंशावली लेखनका पहिलो चरणको कार्य सम्पन्न गरी पहिलो प्रकाशन प्रकाशित गर्ने लक्ष वंश समाजको रहेको जनाएको छ ।

यसै गरी समाजका सचिव डा कुन्साङ योन्जनका अनुसार आगामी वैशाखमा योन्जनको थातथलो ह्रिस्याङ्गुमा सामूहिक कुल पूजा र प्रथम ऐतिहासिक भेला गरिने कार्यक्रम तय भएको जानकारी दिए ।

‘योन्जन वंशको कुल पूजा गर्ने विधि र प्रचलन ह्योन्जनहरुको प्रारम्भ कालमा एकै खाले विधि र प्रक्रियाबाट गर्ने गरेको अनुमान गर्न सकिन्छ’‚ उनले भने‚ ‘तर समय बित्दै जाँदा विभिन्न कारणले नयाँ पुस्तामा आधुनिकतातिर मोह हुँदै जाँदा हाम्रा कुल परम्परा र कुल पूजा गर्ने अभ्यास एकातिर बिस्तारै बिर्सँदै गएको छ भने अर्कोतिर कुल पूजा गर्ने विधि र प्रचलनमासमेत विविधता देखिन थालेको छ ।’

समय सापेक्षिक र ठाउँ विशेषको प्रभाव लगायतका विविध कारणबाट हुन गएको यस प्रकारको विविधतालाई एकरूपता ल्याउन र विश्वभरि छरेर रहेका योन्जन वशकाबीचमा भ्रातृत्व भावको विकास गरी एकता कायम गर्ने उद्देश्यले सामूहिक कुल पूजा गर्न लागेको अध्यक्ष महेनद्रजङ्ग तामाङले बताए ।

योन्जन वंशावलीको तथ्याङ्क सङ्कलन

योन्जन वंशावलीको तथ्याङ्क सङ्कलन गर्ने कार्य अनुसन्धान समितिले हालसम्म प्रारम्भिक रूपमा केही कार्य सम्पन्न गरेका जिल्लाहरुमाः १. कास्की (आंशिक), २. तनहुँ, ३. लमजुङ, ४. गोरखा, ५. काभ्रेको डाडाँपारी, ६. खोटाङ रहेका छन् । यसको साथै अनुसन्धान समितिले तथ्याङ्क सकलनको योजना बनाई तीव्रताका साथ वंशावली अध्ययन कार्यलाई अगाडी बढाउने योजना रहेकोमा हाल सफ्टवेयरको कार्य सम्पन्न भए पश्चात् यस कार्यलाई निरन्तरता दिने योजना अनुरूपमा बिचको केही समय वंशावली अनुसन्धानको कार्यलाई सुस्त रहेकोमा हाल सफ्टवेयर निमार्णको कार्य समेत सम्पन्न भइसकेको हुँदा आगामी दिनमा तीव्रताका साथ योन्जन वंशावलीको तथ्याङ्क सङ्कलन हुने छ ।

जिल्ला समन्वय समितिहरूको गठन

योन्जन वंश समाजको कार्यलाई व्यवस्थित बनाउन र जिल्ला स्तरमा योन्जन वंशावलीको कामलाई व्यवस्थित पार्न मोरङ, चितवन, लमजुङ, कास्की, तनहुँ, गोरखा, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, झापा, सुनसरी, धनकुटा, इलाम, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, सर्लाही, दोलखा, खोटाङ समेतका जिल्लाहरूमा जिल्ला समन्वय समितिहरू गठन सम्पन्न भई हाल उक्त समन्वय समितिहरू क्रियाशील रहेको छ। समन्वय समितिहरूले आ-आफ्नो ठाउँबाट योन्जन वंश तथा संस्थालाई सहयोग पुग्ने क्रियाकलापहरू निरन्तररुपमा सञ्चालन गदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका