एमाले बागमती अधिबेशन: मतदान सुरु, ४० वटा मेसिनबाट मतदान हुँदै

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
49 Shares
काठमाडौं

एमाले बागमती अधिबेशनको मतदान सुरु भएको छ ।

अध्यक्ष लगायत धेरै पदमा सहमति नभएपछि मतदान प्रक्रियामा गएको हो ।

मतदान १ बजेबाट सुरु भएको । ४० वटा मेसिनबाट मतदान गरिरहेको छ ।

एमाले बागमतीमा १ हजार १६४ जना प्रतिनिधि छन्।

स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार २४५ पदमध्ये १६२ पदमा निर्विरोध निर्वाचित भएको बताए । उनले अहिले पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन जारी छ ।

बागमतीको अध्यक्षमा केन्द्रीय सदस्यहरू कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा छन् । त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका