एमाले बागमती प्रदेश अधिवेशन : ११३१ मत खस्यो‚ डेढ घण्टापछि परिणाम आउने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
175 Shares
काठमाडौं

नेकपा एमाले बागमती प्रदेशको मतदानमा ११३१ मत खसेको छ ।

शुक्रवार दिउँसोबाट सुरु भएको मतदानमा बेलुकासम्म मतदान भएको हो। ११७२ जना मतदातामध्ये ११२६ जनाले मतदान गर्‍यो भने ४१ जना अनुपस्थित भएको निर्वाचन समितिले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीका अनुसार ५ पदाधिकारीसहितका २४५ निर्वाचित हुने जानकारी दिए । उनका अनुसार करिब डेढ घण्टापछि परिणाम आउने बताए ।

बागमतीको अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेल प्रतिस्पर्धामा छन् । त्यसै गरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन् ।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका