एमाले बागमती प्रदेश अध्यक्ष ढुङ्गेल भारी मतले र सचिव सिलवाल १ मतले निर्वाचित

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
301 Shares
काठमाडौं

नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । त्यस्तै सचिवमा नवराज सिलवाल निर्वाचित भएको छ ।

शुक्रवार राती आएको मत परिणामअनुसार ढुङ्गेलले ६९६ मत ल्याएर विजयी भएका हुने भने उनका प्रतिद्वन्द्वी कृष्ण दाहालले ४३९ मत ल्याएका हुन् ।

यसैगरी उपाध्यक्षमा दावादोर्जे लामा विजयी भएका छन् ।

यस्तै सचिव पदमा नवराज सिलवालले १ मतले विजयी भएका छन् । सिलवालले ५६८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हस्त पण्डित ५६७ मत ल्याएका हुन् ।

यस्तै उपसचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मत लिएर विजयी भए ।

शुक्रवार दिउँसोबाट सुरु भएको मतदानमा बेलुकासम्म मतदान भएको थियो । ११७२ जना मतदातामध्ये ११२६ जनाले खसेको थियो भने ४१ जना अनुपस्थित भएको थियो ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका