प्रधानपञ्च एवं झाँक्री कारसिङ्गी तितुङको मूर्ति अनावरण

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
861 Shares
रसुवा

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेका प्रधानपञ्च एवम् ठुलो झाक्रि कारसिङगि तितुङको मूर्ति शनिवार मूर्ति अनावरण गरिएको छ ।

धुन्चेमा अवस्थित पुनु चेन्कि ग्याल्बो (देव थानहरू मध्ये एक शक्तिशाली देवी थानहरू) मा उनको मूर्ति निर्माण गरी तामाङ परम्परा अनुसार मूर्ति अनावरण गरिएको हो । उनका जेठो छोरा रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ र कान्छा छोरा तेम्पा तामाङले मूर्तिको अनावरण गरिएका हुन् ।

परापुर्वकालदेखि रसुवाको सदरमुकाम धुन्चेमा अवस्थित देवदेविथानहरूको पूजाआजाको जिम्मेवारी तितुङ परिवारले गर्दै आएको थियो । उनीहरूले गाउँ ठाउँमा मानिसहरूलाई रोग व्याधि नलागोस् अनिष्ट नहोस् सबैको कल्याण होस‚ अन्नबाली राम्रो होस‚ अकालमा कसैको ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले तामाङ परम्परा अनुसार झाक्रि तितुङले सबै देवस्थानहरूको प्रतिनिधित्व हुनेगरि पुनुमा पूजाआजा गर्दै आएकोले उक्त ठाउँमा उनको मूर्ति निर्माण गरिएको हो । साथै उनको सालिकसँगै गुरु रिम्पोच्छेको मूर्ति समेत बनाएको छ ।

तितुङ पन्चायतकालमा प्रधानपञ्च भई समाजमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनी एक साहसी कसैसँग बोल्न नडराउने हक्की स्वभावको व्यक्ति भएकै कारण २०४२ सालमा राजा वीरेन्द्र रसुवाको धुन्चेको भ्रमणमा आउँदा भेटघाटको अवसरमा सरकारसँग बँदेलले बाली सखाप पारेको खबर सुनाएपछि तीन दिनभित्र दरबारबाट बन्दुक दिइएको थियो ।

सबैको विश्वासिलो उनी झाँक्री मात्रै नभएर सामाजिक व्यक्ति थियो । उनको २०६० सालमा निधन भएको थियो । २० वर्षपछि उनको मूर्ति बनाएर अनावरण गरिएको जेठो छोरा बाबुलाल तामाङले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका