कुकुरहरूको बिगबिगी छ
ब्वाँसोको सन्तान
भैरवको वाहन
अनेक आकारप्रकारका छन्–कुकुरहरू
खतरनाक र आक्रमणकारी छन्
झगडा गरिरहन्छन्–हड्डीको लोभमा
जीवनभर ।
काला‚ खैरा‚ सेता भुत्लाधारी
कुकुरहरूसँग आफ्नै सपना हुन्छन्
भद्रता र सभ्यताको अपेक्षा नराख्नुहोला
मैले भनिसकेँ‚ बिचार शून्य हुन्छन्–कुकुरहरू
मालिकभक्त भए पनि
नुनको सोझो गरे पनि
कमजोरलाई भुक्ने
बलियोसँग ।
टाङमुनि पुच्छर हाली लुक्ने
ङार्रङार्र गर्दै‚ उन्मत्त बैश बोकेर
विण्टोको तमासमा
गल्ली गल्ली चाहर्दै
असन्तुष्ट छन्–कुकुरहरू१तर
गौरवशाली इतिहास छ–लाइकाको
यद्यपि मायावर कुकुर हुने मौका रहेन
धुर्त्याइँ र कुण्ठित चालबाजी गर्दै
द्रौपदीका ढोकाको खराउ
अन्यत्रै झटार्ने ।
आभारा लुटेराहरूको कुनै औकात छैन
चेतनशील व्यवहार युधिष्ठिरको साथी
अपसकुनको सङ्केत छैन
कुकुर पूजनीय छ–हिन्दु परम्परामा
सावधान म ठान्छु
रेबिज लागेको छ–केहीलाई
तर समय खराब छैन।