बागमती प्रदेशको सदनमा पुग्यो नेवारी र तामाङ भाषा विधेयक

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
252 Shares
हेटौडा

बागमती प्रदेश सभा बैठकमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

सभाको आज अपराह्न बसेको दोस्रो बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल भएको हो । उक्त विधेयक संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले सैद्धान्तिक छलफल गरियोस् भनी संसद्मा प्रस्ताव टेबुल गरेका थिए ।

सो क्रममा प्रदेश सभाका सदस्य क्रमशः रमा आले मगर, सुरेन्द्रराज गोरसाईँ, सृजना सैजू, मधुसूदन प्रसाद पौडेल, वसन्त मानन्धरलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

छलफलको क्रममा प्रदेश सभाका सदस्यहरूले सरकारद्वारा प्रस्तुत गरिएको सो विधेयक प्रशंसनीय रहेको बताउँदै प्रदेशको अन्य जिल्लामा रहेका सुनुवार, जिरेल र मगर भाषालाई पनि उत्थान गर्नुपर्नेमा जोड दिएको थियो ।

उनीहरूले नेवारी परम्परा अनुसारको जात्रा पर्वलाई सम्पदा सूचीमा संरक्षण गर्नेतर्फ पनि प्रदेश सरकारको दीर्घकालीन रूपमा प्रभाव पार्ने कार्यलाई तीव्रता दिनुपर्ने बताए ।

यस्तै, सो क्रममा उठेको प्रश्नको जवाफ दिँदै सहकारी मन्त्री महर्जनले सरकारले सङ्घीयताको आधार स्वरूप प्रदेश सरकारले दीर्घकालीन भाषिक विकासको लागि पहिलो चरणमा नेवारी र तामाङ भाषालाई प्राथमिकता दिएर कार्यान्वयनमा ल्याउन लागिएको बताए ।

उनले प्रदेशको विभिन्न जिल्लामा रहेका आदिवासी जनजाति, दलितहरूको पनि मातृभाषासहितको भाषिक विकासको लागि क्रमशः विधेयकहरू प्रस्तुत गर्दै लैजाने सरकारको नीति रहेको उल्लेख गरे ।

प्रदेश सभाको अर्को बैठक भोलि असोज १५ गते दिउँसो २ बजे बस्नेछ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका