तामाङ समाज अमेरिकाको ऐतिहासिक तेस्रो अधिवेशनबाट अध्यक्षमा सन्तबहादुर तामाङ चुनिएका छन् ।
सेप्टेम्बर ३० तारिखमा न्यूयोर्कको क्विन्स स्थित ओदान रेस्टुरेन्टको ब्यान्क्विट हलमा सम्पन्न अधिवेशनले अध्यक्ष तामाङसहित १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएका हुन् ।
समितिको उपाध्यक्षमा भोज गोम्बा तामाङ‚ महासचिव एसके स्याङतान, सचिव अन्जु लामा‚ कोषाध्यक्ष आदिप बमजन र सह–कोषाध्यक्ष एन्जिला लामा चुनिएको प्रमुख निर्वाचन मण्डलका संयोजक अक्कल तामाङले जानकारी दिए ।
यस्तै सदस्यहरू धुतराज डुम्जन, वीर तामाङ, राम तामाङ, रन्जु गाल्थेन तामाङ, अंशु वाइबा, डेचेन लामा, बेग बहादुर तामाङ, स्मृति गाल्थेन तामाङ, प्रेरणा वाइबा, ज्याक तामाङ, भीम माया तामाङ र सन्त तामाङ चयन भएका छन् ।
बन्द सत्रले महासचिवको साङ्गठनिक प्रतिवेदन, अध्यक्षको समसामयिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत अनुमोदन गरेको थियो।
समाजका अध्यक्ष विनीता तामाङको अध्यक्षता र समाजका संरक्षक एवं न्यूयोर्क सिटी हेल्थ एन्ड हस्पिटल अन्तर्गतको एल्म्हर्ष्ट अस्पतालको कम्युनिटी एडभाइजरी बोर्डका अध्यक्ष लुईसाङ बाइवाको प्रमुख आतिथ्यतामा तेस्रो अधिवेशन सम्पन्न भएको हो।