लिसंखुपाखर कप २०८० हुँदै‚ प्रथम पुरस्कार डेढ लाख‚ असोज २० सम्म टिम दर्ता गर्नुपर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
882 Shares
काठमाडौं

नेपालीहरूको महान् चाड बडा दसैको अवसरमा अत्तरपुरमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

कार्तिक ५ गते अर्थात् महाअष्टमीबाट सुरु हुने ‘लिसंखुपाखर कप २०८०’ को टिम दर्ताका लागि समय तोकिएको छ । टिम दर्ता समय असोज २० गतेसम्म तोकिएको छ ।

लिसंखुपाखर गाउँपालिकाको मुख्य प्रायोजन र सिद्धार्थ युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५० हजार रुपैयाँ‚ दोस्रो पुरस्कार ७५ हजार रुपैयाँ‚ तेस्रो पुरस्कार ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र र चौथो पुरस्कार २० हजार र प्रमाणपत्र सार्वजनिक गरिएको छ ।

यसै गरी आयोजक संस्थाका अध्यक्ष दावा मोक्तानका अनुसार उत्कृष्ट प्लेयर, उत्कृष्ट डिफेन्डर, हाई स्कोर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट टिम म्यानेजर र प्रत्येक दिन म्यान अफ द म्याच घोषणा गरी पुरस्कृत गरिने बताए ।

प्रतियोगितामा इच्छुक जिल्ला, जिल्लाबाहिरका युवा क्लब तथा समूहहरु सहभागीहरुले टिम दर्ता गर्न सकिनेछ । टिम दर्ताको लागि क्लबको वेबसाइटबाट पनि गर्न सकिनेछ। आयोजकका अनुसार अहिलेसम्म करिब १७ टिमभन्दा बढी दर्ता गरिसकेको बताएका छन् ।

टिम दर्ताको फारम, खेल सम्बन्धी नियम, सम्झौता, खेलाडी विवरण फारम, खेलाडी फोटो विवरण फारम वेबसाइटबाटै डाउनलोड गर्न सकिने अध्यक्ष मोक्तानले जानकारी दिए ।

यसै गरी असोज २० अन्तिम दिन टिम दर्ता सकेपछि सोही दिन टाईसिट वितरण गरिनेछ । टाईसिटको लागि सल्लाघारी, च्वांगा गणेश मन्दिर, भक्तपुरमा गरिने आयोजक संस्थाले जानकारी दिए ।

प्रतियोगिताको सबै खेल सिन्धुपाल्चोक अत्तरपुर खेल मैदान हुनेछ । भने थप जानकारीका लागि 9841112794, 9841449367, 9862710699, 9849744421 सम्पर्क गरी जानकारी लिन सकिने आयोजकले जनाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0

तपाईको प्रतिक्रिया