मेलम्चीमा गए राती बाढीले पुर्‍याएको क्षतिको जनप्रतिनिधिद्वारा निरीक्षण

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
427 Shares
सिन्धुपाल्चोक

मेलम्ची फट्टेमा गएरातिको बाढीले क्षति पुर्‍याएको छ । बाढीले क्षति पुर्‍याएपछि मेलम्ची नगरपालिकाका स्थानीय जनप्रतिनिधिहरूले स्थलगत निरीक्षण गरिएको छ ।

स्थलगत निरीक्षणपश्चात् नगरप्रमुख आइतमान तामाङले खोलामा ह्युम पाइपलाई व्यवस्थित गरिने बताए । उनले भने‚ ‘तत्काल केही गर्न सक्ने अवस्था छैन‚ मौसम अझै केही दिन सक्रिय रहने हुँदा पानी परेको रोकेपछि अवस्था हेरेर निर्णय लिइनेछ ।’

अनुगमनमा उपप्रमुख उमा प्रधान ,वडा नम्बर ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ, वडा सदस्य नवराज दुलाल लगायतले निरीक्षण गरिएका थिए ।

सशस्त्र प्रहरी मेलम्चीका प्रमुख राजेश फुयाँल, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख राजेन्द्र थापा,मेलम्चीका स्थानीय समाजसेवी नारायण सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका