साङ्गीतिक फाँटमा नथाक्ने नाम रेशमकुमार स्याउली

सन्तोष योन्जन तामाङ कार्यकारी सम्पादक
637 Shares
काठमाडौं

रेशम कुमार स्याउली तामाङ नाम साङ्गीतिक क्षेत्रमा पुरानो सर्जक तथा कलाकार हुन। बिस २०५५–५६ देखि नै सङ्गितको दुनियाँमा प्रवेश गरेका रेशमको जन्म साविकको ठूलोपाखर–७ हालको लिसंखुपाखर गाउँपालिका–७ थाङमासाङ्बमा भएको हुन् ।

२०३५ साल असार २७ गते जन्मिएका रेसमले साढे दुई दशक साङ्गीतिक क्षेत्रमा बिताएका छन् । उनले यो अवधिमा थुप्रै गीत रचना गर्दै आफ्नो आवाज दिइसकेका छन् । जतिबेला गीति क्यासेटको युग थियो, त्यतिबेला उनले यो क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि संगीतको ट्रेन्ड र बजार फेरिंदै गयो । सीडी प्लेयर हुँदै औंलाभरको डिभाइसमा समेटिएको संगीत बजार एउटा तूफानी परिवर्तनबाट गुज्रियो। यो उतार–चढावले थुप्रै गायक–स्रष्टालाई गुमनाम बनाइदियो। उनको यसै योगदानले आज तामाङ‚ नेपाली लगायत गीतसङ्गीतका दर्शकहरूको माया स्नेहले गायक तथा सङ्गीतकारमा स्थापित बन्न सफल भएको छ ।

कलाकाकारिता क्षेत्रमा अब्बल सावित बनाउन उनी अहिले म्युजिक भिडियो निर्माणदेखि निर्देशन गरिरहेका छन् । उनी भन्छन्‚‘मलाई गायन विधासँगै गीत लेखन‚ सङ्गीत‚ भिडियो निर्देशन र सिनेमाटोग्राफरमा काम गर्न अति रमाइलो लाग्छ ।’

विगत साढे दुई दशकदेखि तामाङ तथा नेपाली गीतसङ्गीतमा अनवरत रूपमा योगदान दिइरहेको छन। र नेपालमा आयोजना हुने थुप्रै प्रत्यक्ष गायन प्रतियोगिताहरू आयोजना गर्दै नयँ कलाकारहरुको प्रवेशमा ब्यस्त छन। उनी भन्छन्‚‘मैले तामाङ सेलो, राष्ट्रिय लोक गीत‚ सेलो, डान्सिङ गीत र समग्र नेपाली मौलिक साथै आधुनिक गीतहरूमा सङ्गीत भरिसकेको छु ।’

उनका प्राय सबै गीतहरूले लोकप्रियता र व्यावसायिक सफलता पाइरहेका छन् । त्यसैले त उनी यस क्षेत्रमा निरन्तरता देखिन्छ । रेशम विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको साङ्गीतिक सम्मान र पुरस्कारबाट सम्मानित भएको छन् । उनले विभिन्न सम्मान र उत्कृष्ट अवार्डहरु हात पारेका छन् । जसमध्ये गोपाल योन्जन अवार्ड र लाङटाङ राष्ट्रिय म्युजिक एवार्ड हुन्।

गीतसंगीतमार्फत देश तथा विदेशमा नेपाली कला संस्कृतिको संरक्षण, संवर्द्धन प्रवर्धन र उत्थानको अग्रसर हुनुपर्ने उनी बताउँछन् ।

उनी श्याउली ईन्टरटेनमेन्ट प्रालिको प्रोप्राइटर पनि हुन् । उनले यसै कम्पनीमार्फत म्युजिक भिडियोहरू उत्पादन गर्दै आइरहेका छन्। रेशमसँग मौलिक तामाङ तथा नेपाली गीतमा स्वर, रचना, सङ्गीत, निर्देशन र छायाङ्कनको अनुभव छ ।

पछिल्लो चरण नेपाली चलचित्रमा सह छायांकन, सह निर्देशन र अभिनयसमेत गरिरहेका छन् ।

रेशमले पश्चिमी तामाङ गीत म्हेन्दोमायामा सङ्गीत तथा निर्देशनमा पाइला राख्दै अघि बढेका छन् । चिजा लेकालीको ह्याण्म्हेडसम नं वान र लेले पोच्न्दोचोरी–३ को निर्देशन गर्दै नयाँ म्हेन्दोमायाँ गीत धन–पैसामा स्वर तथा संगीत दिदै सेलो, फापारे, आधुनिक, बाल, दोहोरी र पप–र्याप गरि ७ वटा गीतको रेकर्डिङको तयारी गर्दैछन्।

उनले चलचित्र उस्ताद जी‚ दर्वुङ‚ जीवनसाथी लगायत केही प्रदर्शनमा आउने फिल्महरूमा काम गरिसकेका छन् भने अहिले तामाङ चलचित्र ‘ग्याल्वो’को शुटिङमा सह–छायाङ्कानको भुमिकामा ब्यस्त छन् ।

उनको तामाङ गीति एल्बम योला धिनी (८ वटा २०५५–५६)‚ टुहुरो (८ वटा नेपाली ४ र तामाङ २०५६–५७)‚ सुनापति हवाइ लुङ (१० वटा गीत अधिराज्यब्यापी गीत प्रतियोगिता २०५८–५९)‚ दुङाल गीत (८ वटा तामाङ २०५९–६०)‚ आमा चरिमैना‚ ठूलोपाखर रमाइलो‚ म्हङदुङरीन बोर्जी (तामाङ फापारे)‚ ल्हानान दुख (फापारे दोहोरी)‚ ड्राइभरको जिन्दगी (आधुनिक गीत) को अडियो क्यासेटमा र युटुव च्यानलमा सार्वजनिक भइसकेको छ। ठुलोपाखर रमाइलो सेलो दोहोरी र ह्याङला गोइलो तामाङ दोहोरी रेकर्ड सम्पन्न भएको छ । धन–पैसा (म्हेन्दोमाया गीत)‚ ठिमीमी गङला (तामाङ फापारे)‚ जामे तै लोप्खाङ (बाल गीत)‚ सेमला माया (आधुनिक तामाङ)‚ र तामाङ पप–र्याप ६।७ वटा गीतहरु रेकर्डिङको तयारीमा छन् ।

हाल वरिष्ठ एरेन्जर राजु खड्का र पन वाङ लामासँग गीतसङ्गीतको काम गर्दै आइरहेको उनी बताउँछन् ।

उनी एक कलाकार हुन्‚ जो नेपाली जनमानसको हृदयको अन्तर तह छिचोल्न पुगी हर व्यक्तिको दुःख र सुख, कायरता र वीरता आदि मानसिक भावहरूसित लुकामारी गरिरहेका छन् । गीतसंगीत, चलचित्र, सिरियल, भिडियोमा काम गर्न रुचाउने उनी बताउँछन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
2
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका