दसैँका लागि घर यातायात व्यवसायीले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको सर्वपक्षीय छलफलपछि २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारका अनुसार २२ गतेदेखि टिकट बुकिङ खुल्ला हुने जानकारी दिए ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको बताए ।
अग्रिम टिकट बुकिङ खुल्ला गरिएपछि यात्रुको चाप हुने स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।