एनआरएनए आइसिसी उपाध्यक्ष पदमा विजय मोक्तानको उम्मेदवारी घोषणा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
77 Shares
जर्मनी

एनआरएनए आइसिसी २०२३–२०२५ का लागि विजय मोक्तानले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

मोक्तानले सामाजिक सञ्जालमा आगामी १७-२० अक्टोबरमा हुने महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए ।जर्मनीका युवा ‍समाजसेबी एनसीसी जर्मनीका पूर्व अध्यक्ष मोक्तानले आइसिसीको उपाध्यक्ष पदमा उम्मेदवार दिने निेर्णय गरेका हुन् ।

मोक्तानसँग गैर आवासीय नेपाली सङ्घको अभियानका क्रममा गैर आवासीय नेपाली सङ्घ जर्मनीको अध्यक्ष, आइसिसी सदस्य देखी एनसीसी तथा आइसिसीको विभिन्न कार्यदलहरूमा रहेर काम गरी सकेको अनुभव छ ।

उनले कार्यकाल २०२१-०२३ मा पदीय जिम्मेवारीको लागि अग्रज तथा साथीहरूले आग्रह गर्दा पनि तत्कालीन परिस्थितिलाई आत्मसात् गर्दै मार्गप्रशस्त गरी दिएको थिए । तसर्थ सबैको सल्लाह सुझावलाई मध्येनगर गरी उम्मेदवारी घोषणा गरेको बताए ।

उनले लेखेका छन्‚ ‘सामूहिक एकबद्धता, संस्थागत विकास ,पारदर्शिता, जवाफदेहीयता र समावेशी साथमा एनआरएनए सबै नेपालीहरूको साझा बनाउन ११ औँ महाधिवेशनमा मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको हो ।’

असल एवं सरल स्वभावका मोक्तान विगत लामो समय जर्मनीमा बसेर विभिन्न सामाजिक सेवामा अग्रसर छन् । उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणासँगै प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया