‘लिसंखुपाखर कप २०८०’ खेल तालिका सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
399 Shares
सिन्धुपाल्चोक

‘लिसंखुपाखर कप २०८०’ को खेल तालिका शनिबार सार्वजनिक गरिएको छ । असोज २० गते टिम दर्ता सकेपछि सोही दिन टाईसिट सार्वजनिक गरिएको हो ।

भक्तपुरमा सार्वजनिक गरिएको खेल तालिका अनुसार २७ टिमबिच प्रतिस्पर्धा हुनेछन् ।

महाअष्टमी अर्थात् कार्तिक ५ गतेबाट सुरु हुने प्रतियोगिताको पहिलो खेल दिउँसो १२ बजेदेखि छेनान युवा क्लब र सिद्धार्थ युवा क्लब ‘बी’ बिच प्रतिस्पर्धा हुनेछ । सोही दिन दोस्रो खेल सेतीदेवी युवा क्लब र दोभान युवा क्लबबिच हुनेछ ।

लिसंखुपाखर गाउँपालिकाको मुख्य प्रायोजन र सिद्धार्थ युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५० हजार रुपैयाँ‚ दोस्रो पुरस्कार ७५ हजार रुपैयाँ‚ तेस्रो पुरस्कार ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र र चौथो पुरस्कार २० हजार र प्रमाणपत्र सार्वजनिक गरिएको छ ।

यसै गरी आयोजक संस्थाका अध्यक्ष दावा मोक्तानका अनुसार उत्कृष्ट प्लेयर, उत्कृष्ट डिफेन्डर, हाई स्कोर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट टिम म्यानेजर र प्रत्येक दिन म्यान अफ द म्याच घोषणा गरी पुरस्कृत गरिनेछ ।

प्रतियोगिताका सबै खेलहरू सिन्धुपाल्चोक अत्तरपुर खेल मैदानमा हुनेछन् ।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0

तपाईको प्रतिक्रिया