प्रवासी मजदुर वक्तृत्वकला प्रतियोगितामा नेपालका गुन्जमान प्रथम

गुन्जमान लामाले ५ लाख वन प्राप्त, नेपालकै अर्जुन तेस्रो

दक्षिण कोरिया

पाँचौँ प्रवासी मजदुर कोरियन वक्तृत्वकला प्रतियोगिता–२०२३ मा नेपालको गुन्जमान लामा विजेता भएको छ । अन्तराष्ट्रिय धर्म इस्टक्टर एसोसिएसन (IDIA)ले आयोजना गरेको खुल्ला प्रतियोगितामा १७ जनालाई पछि पार्दै विजेता भएको हो । उनले विजेता भएसँगै प्रमाणपत्र र नगद ५ लाख वन (नेपाली पचास हजार रुपैयाँ) प्राप्त गरेका छन् ।

आइतबार सउल जोङ्गाकको जोगेसा गुम्बाको हलमा भएको कार्यक्रममा दोस्रो क्रमशः,श्रीलङ्का पहन थिहगे अन्जन र इन्डोनेसीकी निङसिह त्रि महरिअन्ती भएका छन् । त्यस्तै तेस्रो नेपालका अर्जुनबहादुर मुक्तान र किर्गिस्तानका असनोभ झनात भएका छन् । उनीहरुले क्रमशः. नगद ३ लाख वन, प्रमाणपत्र र २ लाख वन, प्रमाणपत्र प्राप्त गरेका छन् ।

नेपालको तर्फबाट गुन्जमान, अर्जुन र डम्बर ध्वाज लिम्बु सहभागी भएका थियो । त्यस्तै भियतनामबाट ३ जना, श्रीलंक, म्यानमार, कम्बोडियाबाट २/२ जना, बंगलदेश, उर्जिस्तान, इन्डोनेसिया, मङ्गोलिया र किर्गिस्तानबाट १/१ जना प्रतियोगितामा सहभागी भएको थियो । सहभागीहरूले प्रमाणपत्रको साथमा प्रत्येकले नगद १ लाख वन प्राप्त गरेका छन् ।

पाँचौँ प्रतियोगिताको गुन्जमानले जितेसँगै नेपालको तर्फबाट लगातार ५ पटक जितेका छन् । यसअघि सङ्गे तामाङ, सानु शेर्पा, दुधबहादुर लामा, वायु पौडेलले  जितेका हुन् । सहभागीहरूलाई आयोजकको तर्फबाट शिक्षक उपलब्ध गराई अनलाइन तथा प्रत्यक्षमार्फत १/२ महिनादेखि कक्षाहरू दिँदै आइरहेको थियो ।

विजेता काभ्रेका गुन्जमानले नेपालका पर्यटन लगायत विविध विषयमा चर्चा र कोरिया आएपछिको अनुभव बारेमा प्रस्तुति दिएका थिए । त्यस्तै मनोरञ्जन कार्यक्रममा नेपालको तर्फबाट डोमा योञ्जन तामाङले सेलो गीतमा नृत्य प्रस्तुत गरेका थिइन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका