दसैँको लागि अग्रिम टिकट बुकिङ खुल्ला

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
56 Shares
काठमाडौं

दसैँमा घर जानका लागि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । गत शुक्रवार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएअनुसार आजबाट खुल्ला भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पुरानै भाडामा अग्रिम टिकट खुल्ला भएको बताए । दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

सवारी भाडा, सवारी सङ्ख्या र रुट पर्मिट खुल्ला गर्ने विषयमा थप गृहकार्य भइरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया